दशैंको अवसरमा एमाले अध्यक्ष ओलीले प्रवासी नेपालीलाई सम्बोधन गर्ने

जापान । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रवासी नेपालीलाई दशैंको अवसरमा शुभकामनासहित बिशेष सम्बोधन गर्ने भएका छन् ।
प्रवासी नेपाली मञ्चको आयोजनामा विजयी दशमीको अवसरमा अक्टोबर २ तारिख अर्थात् असोज १६ गते फुलपातीको दिन अध्यक्ष ओलीले जुममार्फत प्रवासी नेपालीहरुलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको मञ्चका अध्यक्ष भक्त गुरूङले जानकारी दिनुभयो ।

अध्यक्ष ओलीले देशको समसामयिक राजनीतिक र ४ मंसिरमा हुने आसन्न निर्वाचनमा एमालेको तयारी बारे सम्बोधन गर्नुको साथै आउँदै गरेको दसैँ, तिहार र छठको अवसरमा विदेशमा रहेका नेपालीहरुलाई शुभकामना दिने कार्यक्रम छ ।
४१ देशमा सक्रिय कमिटी रहेको एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीकोले आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा विभिन्न देशका अध्यक्षहरुले पनि शुभकामनासहित रिपोर्टिंङ गर्ने कार्यक्रम तय भएको छ ।
मञ्चले संसारभर रहेका प्रवासी नेपालीहरुलाई जुममा जोडिन अनुरोध गरेको छ । कार्यक्रम अक्टोबर २ तारिख आइतबार नेपाली समयअनुसार बेलुकी ५ बजे जुम मार्फत हुनेछ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया