पर्वत समाज जापानको ७औं अधिवेशन सम्पन्न : अध्यक्षमा लामिछाने चयन

टोकियो । नेपालको पर्वत जिल्लाबाट जापानमा विभिन्न पेशा, व्यवसाय तथा अध्ययनका क्रममा रहेका पर्वतेलिहरुको संस्था पर्वत समाज जापानको सातौं अधिवेशनबाट अध्यक्षमा सुभाष लामिछाने चयन हुनुभएको छ । टोकियोको ओकुबोमा शनिवार भएको संस्थाको सातौं अधिवेशनले अध्यक्षमा लामिछाने सहित तीन उपाध्यक्ष, एक महासचिव लगायत सर्वसम्मत नेतृत्व सर्वसहमति चयन गरेको हो।

अधिबेशनबाट उपाध्यक्षमा मुक्ति राज रेग्मी, रमेश काफ्ले र बसन्त जोशी र महासचिवमा रामप्रसाद बास्तोला चयन हुनुभएको छ । पर्वत समाज जापानको सचिवमा बिमल न्यौपाने र राजेन्द्र शर्मा तथा कोषाध्यक्षमा रामचन्द्र सापकोटा, सह-कोषाध्यक्षको जिम्मेवारी रमेश राज जैशीले पाउनुभएको छ।

पर्वत समाज जापानको कार्यसमितीका सदस्यहरुमा कृष्ण भुषाल, नवराज आचार्य, योगनाथ आचार्य, अर्जुन तिवारी, रबिन सुबेदी,पुरुसोत्तम बास्तोला, शिव रेग्मी , बिनोद भुषाल शर्मा, बालकृष्ण रिजाल, विनोद न्यौपाने, बिकास पौडेल, रामकृष्ण आचार्य, सागर सापकोटा र नारायण पौडेल चयन हुनुभएको चयन हुनु भएको छ।

फेसबुकबाट तपाइको प्रतिक्रिया