शेर्पा संघ जापानको १३औं अधिवेशन सम्पन्न : अध्यक्षमा सोनाम शेर्पा चयन

टोकियो । शेर्पा संघ जापानको अध्यक्षमा सोनाम शेर्पा निर्विरोध चयन हुनुभएको छ । आईतबार टोकियोमा सम्पन्न १३औं अधिवेशनले सोनाम शेर्पाको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेको हो ।

कार्यसमितीका अन्य पदधिकारीहरुमा उपाध्यक्ष सोनाम शेर्पा, सोनाम शेर्पा, पासाङ शेर्पा, महासचिव पासाङ रिन्जी शेर्पा, सह- सचिव साङ्गे शेर्पा, कोषाध्यक्षमा दाफुरी शेर्पा रहनुभएको छ । नवनिर्वाचित कार्यसमितीका सदस्यहरुमा आङफुरी शेर्पा, याङ्जी शेर्पा, फूर्ल्हमु शेर्पा, छिरिङ दिकी शेर्पा, जाङ्बु शेर्पा, फूर्वा शेर्पा, गोल्मु शेर्पा, ङिमछिरी शेर्पा र कर्म ग्याल्जे शेर्पा रहनुभएको छ । बाँकी रिक्त रहेको केही पदहरुको मनोनयन संघको पहिलो बैठकमार्फत निर्णय गरिने नवनिर्वाचित अध्यक्ष सोनाम शेर्पाले जानकारी दिनुभएको छ भने प्रवक्तमा पत्रकार फूर्वा शेर्पालाई जिम्मेवारी तोकिएको छ ।

निर्वाचन मण्डलका संयोजक तथा सल्लाहकार ङवाङ शेर्पाले नव निर्वाचित कार्यसमितीको घोषणा गर्नुभएको थियो भने पूर्व अध्यक्ष तथा सल्लाहकार गेलु शेर्पाले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो ।

निर्वाचन मण्डलका संयोजक नवाङ शेर्पा, सल्लाहकार गेलु शेर्पा, नेफिन जापानका अध्यक्ष सञ्जिव चाम्लिङ राई, नेपाल पत्रकार महासंघका सचिव शान्त पहरी लगायतले नव निर्वाचित कार्यसमितीलाई खादा लगाएर बधाई तथा शुभकामना दिनुभएको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: