नोभेम्बर ६ तारिख पत्रकार महासंघ जापान शाखाको पाँचौ अधिवेशन हुने

जापान । नेपाल पत्रकार महासंघ जापानको शाखाको पाँचौ अधिवेशन आगामी नोभेम्बर ६ तारिख गर्ने निर्णय गरेको छ । आईतबार टोकियोमा बसेको बैठकले आगामी नोभेम्बर ६ तारिख पाँचौ अधिवेशन गर्ने निर्णय भएको हो ।

अधिवेशन अघि सदस्यता नविकरण सम्बन्धी समस्या समाधान गर्ने गरी ३ सदस्यिय उप-समिति गठन गरिएको छ । कार्य सिमिति सदस्य राजन गौतमको संयोजकत्वमा गठन समितिमा कार्यसमिति सदस्यद्वय विश्वास आचार्य र दीपक गौतम रहेका छन ।

नेपाल पत्रकार महासंघ जापान शाखाको ५औं अधिवेशन २०२२ नोभेम्बर ६ तारिख बैठकले निर्णय गरेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया