
रामेछाप । नेकपा एमाले केन्द्रीय सदस्य तथा रामेछाप प्रतिनिधि सभा सदस्य उम्मेदवार कैलाशप्रसाद ढुङ्गेलले एमालेलाई किन भोट हाल्नुपर्छ भन्ने कुरा मतदातालाई भनिरहनु नपर्ने बताउनुभएको छ ।
एमालेले शनिबार दोरम्बा शैलुङ गाउँपालिकाको गौश्वारामा आयोजना गरेको चुनावी भेटघाट तथा कोण सभा कार्यक्रममा बोल्दै ढुङ्गेलले देश, लोकतन्त्र, विकास र समृद्धिका लागि एमालेलाई मतदान गर्न आवश्यक रहेको बताउनुभयो । ‘देशको विकास, व्यवस्थाको रक्षा, समृद्धि र सामाजिक सुरक्षाको लागि सूर्य चिन्हमा भोट हाल्नु पर्ने छ’, ढुङ्गेलले भन्नुभयो ।
मुलुकलाई नेकपा एमालेको बहुमतको सरकार आवश्यक रहेको उहाँले बताउनुभयो । ‘एमालेको सरकार बनाउन, केपी ओलीलाई प्रधानमन्त्री बनाउन, देशको भूगोल र सार्वभौमसत्ता रक्षा गर्न तथा देश विकास गर्न एमालेलाई जिताउन जरुरी छ’, ढुङ्गेलले भन्नुभयो ।
नेपालकै माटोमा सुख, शान्ति र समृद्धि खोज्नु पर्ने बताउँदै ढुङ्गेलले त्यो दिन काम एमालेले मात्र गर्न सक्ने बताउनुभयो । त्यसको सुरुवात एमालेले गरेको उहाँले प्रष्ट पार्नुभयो । ‘सडकमा, बत्तीमा, खाने पानीमा, शिक्षामा, स्वास्थ्यमा, विकास, पूर्वाधारमा एमालेको अनुहार देखिन्छ’, उहाँले भन्नुभयो ।
एमालेका उम्मेदवारलाई धेरै ज्येष्ठ नागरिकले आसिरवाद दिएको बताउँदै उहाँहरूको ५ हजार रुपैँया सामाजिक सुरक्षा भत्ता बुझ्ने इच्छा नेकपा एमालेले पूरा गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले एमालेका उम्मेदवार एमालेका मात्र होइन लोकतन्त्र, शान्ति र समृद्धि चाहने सबै पार्टीका मतदाताका उम्मेदवार भएको प्रष्ट पार्नुभयो ।
सूर्य चिन्ह सबै नेपालीको साझा चिन्ह भएको ढुङ्गेलले बताउनुभयो । ‘एमाले सबै नेपालीको हो, सूर्य चिन्ह सबै नेपालीको साझा चिन्ह हो’, उहाँले भन्नुभयो ।
हिजो के भयो कसो भयो भन्ने कुरा छाडेर देश बनाउने अभियानको लागि एमालेलाई मतदान गर्न उहाँले आग्रह गर्नुभयो । उम्मेदवार प्रतिनिधि पात्र मात्र भएको बताउँदै सबै नेपाली जनता एमालेका उम्मेदवार र नेता भएका उहाँले प्रष्ट पार्नुभयो ।
कैलाशप्रसाद ढुङ्गेलले बागमती प्रदेश सरकारले रामेछापमा पूर्वाधार निर्माण
भौतिक पूर्वाधार विकास मन्त्रालय र भौतिक पूर्वाधार विकास कार्यालय रामेछापबाट कार्यान्वयन गरिने उल्लेख भएका योजनामा सडक पुल र केही करिडोर पनि समावेश छन् ।
यी हुन् आयोजना र बजेट
१) गोगने आधारभूत विद्यालय हुँदै भोटनागी मेग्रे मेलुङ्ग सडकः १० लाख
२) दोलखाको जिरी नगरपालिका १ ल्वाँसा र रामेछापको गोकुलगंगा गाउँपालिका १ खहरेको खिम्ती खोलामा पक्की पुलः १५ लाख (यो योजना दोलखाबाट कार्यान्वयन हुनेछ)
३) सित्खा भिरपानी गोगनपानी फुल्पा धुले मेगर्पा भदौरे हुँदै भोटनागी सडक (दोस्रो खण्डको डीपीआर र निर्माण): २९ लाख ६३ हजार
४) कालो चौतारा सिंगटी च्यादलु सडकः ४ करोड
५) खिम्ती बेताली धारापनी रस्नालु ठोसे गज्र्याङ सडकः ५ करोड
६) खानीखोला करिडोरः २ करोड
७) लिखु करिडोरः ५ करोड
८) धोबी सैपु दुरागाउँ प्रीति बाम्ती सडकः १ करोड
९) सित्खा भिरपानी गोगनपानी फूल्पा धुले मेगर्पा भदौरे हुँदै भोटनागी सडकः ७ करोड ७० लाख ३७ हजार
१०) मन्थली गाईखुरा चिसापानी वडा कार्यालय हुँदै पुरानागाउँ सडक कालोपत्रेः २ करोड
११) जखाडी कार्तिके देउराली रामेछाप सडकः २० लाख
१२) ट्राफिक चोक दाहाल गाउँ सडक स्तरोन्नतिः २० लाख
१३) डुम्रेदेखी पुलु सेरखु बाटो स्तरोन्नतिः २० लाख
१४) लाम्टे महादेव सिरुवारी सडक स्तरोन्नतिः २० लाख
१५) तामाङ चिलाउने धारापानी सडक स्तरोन्नतिः २० लाख
१६) मुगान ढिपी चुक्याघाट सडक स्तरोन्नतिः २० लाख
१७) कुबु छिवीटार बाम्ती रोसी ठाडो खोला सडक स्तरोन्नतिः २० लाख
१८) महाँकाल थान गौराबारी पलाते सडकः २० लाख
१९) नामाडी कालिमाटी सडक स्तरोन्नतिः २० लाख
२०) भैसेश्वर चोक वृद्धाश्रम हुँदै सुकाजोर सडक स्तरोन्नतिः २० लाख
२१) चुचुरे सेरदिङ सडक स्तरोन्नतिः २० लाख
२२) धुसाल कुलडाँडा सडकः ३५ लाख
२३) सित्खा आपचौर राइगाउँ सडकः २ करोड
२४) सालु देवीस्थान बरडाँडा गैराथोक सडकः २५ लाख
२५) मन्दर रजमनटार मिलखेत सडकः २५ लाख
२६) कल्चुडे धुले सडकः २५ लाख
२७) डाङडुङ्गे मूलखर्क सडक तथा टावर डाँडा एकतर्फ रेलिङ निर्माणः २५ लाख
२८) माने टोड्के डाँडा देउराली सिँढी र रेलिङ निर्माणः २५ लाख
२९) निगलबास पात्ले मझुवा सडक स्तरोन्नतिः २५ लाख
३०) भालुखोप ओख्रेनी धारापानी कुशबेसरी सडकः २५ लाख
३१) गौराबारी बिर्ता हुँदै सडक स्तरोन्नतिः २५ लाख
३२) स्वारा गङटार बेसी सडक आयोजनाः २५ लाख
३३) सुनापति गाउँपालिकाको साँधि डाँडाबाट गुन्सी जाने सडकको खानी खोलामा पक्की पुल निर्माणः २ करोड
३४) घट्टेखोला अल्छेढुंगा ढिलामुनी खेतः ५० लाख
३५) छतिवने खोला पुल (लिखु ६ र गोकुलगंगा ६) र खिम्ती रस्नालु ठोसे गज्र्याङ सडकः ५० लाख
३६) लोर्खु खोला पुल, लिखु करिडोरः ५० लाख
३७) भटौली खोला पुलः ५० लाख
३८) गोगने खोला पुल, निगर्पा बेशी टोलः ५० लाख
३९) अधेरी खोला पुलः १ करोड
४०) छतिवने खोला पुल (लिखु र गोकुलगंगा जोड्ने): १ करोड
सम्भावित रणनीतिक सडकः
४१) धोबी विलौरी सैपु सडकः २० लाख
सम्भावित प्रादेशिक सडकहरुः
४२) खिम्ती फर्पु नामाडी बेताली रस्नालु ठोसे गज्र्याङ देउराली गुम्देल सडकः १० लाख
४३) कोलन्जोर घाट साँघुटार खिजी चण्डेश्वरी भुसिँगा सडकः ३ करोड
४४) खिम्ती फर्पु नामाडी बेताली रस्नालु ठोसे गज्र्याङ सडकः ८ करोड
स्थानीय स्तरका सडक पुल तथा सामुदायिक पहुँच सुधार परियोजनाः
४५) गुम्देल खोला (क्यामा र गुम्देल जोड्ने सडक पुल): २० लाख
४६) मन्थली राल्टार सालु सडक अन्तर्गत अर्चले (नवलपूर फेदी) सालु (सामलीस्थान) जोड्ने रणजोर खोला सडक पुलः २ करोड
४७) भटौली खोला पुल (सित्खा गोगनपानी धुलेबेशी सडक, गागलभदौरे र पकरबासबीच): १० लाख
फेसबुकबाट तपाइको प्रतिक्रिया