जापान । अखिल नेपाल फुटबल संघ (एन्फा) ले जापान–नेपाल फुटबल समन्वय समितिको संयोजकमा शिव खड्कालाई तोकेकाे छ ।
जापानको टोकियोमा रहने समितिको संयोजकमा शिव खड्कालाई मनोनित गरेको हो ।
नेपाली फुटबलको उन्नतिका लागि काम गर्न र नेपाल जापान फुटबलको विकासमा टेवा पुर्याउन संयोजककाे भूमिका दिएकाे एन्फाले पत्रमा जनाएको छ । नेपाली फुटबलको विकास र कमिटीबाट अमूल्य सहयोग प्राप्त गर्न मद्दत गर्नेछ भन्ने हाम्रो दृढ विश्वास छ”, एन्फाले पत्रमा भनेको छ ।
संयोजक खड्काले विश्वासप्रति एन्फालाई धन्यवाद दिदै जापानमा रहेका नेपाली फुटबल समुदायको तर्फबाट म एन्फालाई यो नियुक्तिको लागि धन्यवाद दिन चाहन्छु। हामी नेपाली फुटबलको प्रगतिका लागि सक्दो प्रयास गर्ने बताउनु भयो *
फेसबुकबाट तपाइको प्रतिक्रिया