नागोयामा महापुरुष शो : दुर्गम क्षेत्रका बालबालिकाहरुलाई न्यानो कपडा बितरण

निशान राना ,नागोया : नेपालमा सफलता पूर्वक प्रदर्शन भएको नेपाली कथानक चलचित्र महापुरुष जापानको विभिन्न शहरमा प्रदर्शन हुने क्रममा आज फेब्रवरी ३ तारिक शुक्रबार नागोयामा प्रदर्शन हुने भएको छ।
UNA ENTERTAINMENT को आयोजनामा प्रर्दशन गर्न लागेको उक्त फिल्मबाट प्राप्त आम्दानीको ३० प्रतिशत रकम दुर्लब क्षेत्रका बालबालिकाहरुलाई न्यानो कपडा बितरण गर्ने सन्योजक उज्जल गुरागाईले बताए ।

एकल प्रदर्शनमा आएको फिल्मलाई जात्रा, शत्रु गते र जात्रै जात्रा निर्देशन गरेर दर्शक र समीक्षकको मन जितेका निर्देशक प्रदीप भट्टराईले लेखन र निर्देशन गरेका हुन् ।

मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्र सिंह बानियाँ, शिरु विष्टसँगै नवप्रस्तुतिमा अरुण क्षेत्री र अन्जना बराइली मुख्य भूमिकामा रहेका फिल्ममा एक्लोपनको विषयवस्तु देखाइएको छ ।

फिल्म हेर्नको लागी भिआईपि दश हजार येन, भिआईपि कपल पन्ध्र हजार येन र नर्वल ३ हजार येन साथै कपलको लागी पाँच हजार येन राखिएको छ। विद्यार्थीहरुको लागी दुई हजार पाँच सय येन टिकट छ भने पाँच वर्ष सम्मका बच्चाहरुको लागी टिकट फ्रि रहेको बताईएको छ। फिल्म (455-0014 )Nagoya minato ward koraku 2-10-24 मा प्रर्दशन वेलुका ५ : ४५ बजे बाट हेर्न सकिने बताइएको छ।

फेसबुकबाट तपाइको प्रतिक्रिया