प्रहरीको विट र गाडी जलाउने ६ जना पक्राउआगजनी गर्ने ६ जना पक्राउ

काठमाडौं । माछापोखरी चोकमा प्रहरीको गाडी आगजनी गर्ने ६ जना पक्राउ परेका छन् ।
सोमबार माछापोखरीमा यातायात व्यवसायीहरूले ट्राफिक कारवाहीको विषय लगायत विभिन्न १० वुँदे माग राखी गरेको विरोध प्रदर्शन कार्यक्रममा प्रहरीको दुईवटा भ्यान आगजनी गर्ने ६ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा उदयपुर बलमता गाउँपालिका- २ घर भई हाल काठमाडौंको मनमैजु बस्ने ४० वर्षीय बिक्रम राई, नुवाकोटका घर भई हाल बानियाटार बस्ने ३० वर्षीय रामहरी भण्डारी, लमजुङ घर भई माछापोखरी बस्ने २३ वर्षिय विवेक श्रेष्ठ, काभ्रेपलान्चोकका ३१ वर्षिय राजेश तामाङ, २० वर्षीय आशिष खड्का र प्युठान घर भई गोंगबु बस्ने १८ वर्षिय दिपेन्द्र पुन मगर रहेका छन् ।

उनीहरुलाई विभिन्न सामाजिक सञ्जालहरूमा पोष्ट गरीएका भिडियोहरूको आधारमा हुलिया पहिचान गरी म‌ंगलबार बालाजु माछापोखरीबाट पक्राउ गरिएकाे हाे ।

उनीहरुले प्रहरी वृत्त बालाजु, काठमाडौंबाट सुरक्षाका लागि खटिएका प्रहरी कर्मचारीहरू लिएर गएको प्रहरी वृत बालाजुको बा २ झ १४४ नम्बरको स्करपियो गाडी र बा १ झ ७२२४ नम्बरको माज्दा गाडीमा आगजनी गरेका थिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया