जापान । नेपाली पत्रकारहरुको साझा संगठन नेपाल पत्रकार महासंघ जापान शाखा ११औं प्रवेश गरेको छ ।
पत्रकार महासंघ जापानले ११औं वार्षिकोत्सवको अवसरमा ११ वर्षअघि संस्था स्थापना गर्न योगदान गर्ने संस्थापकहरुलाई मायाको चिनो प्रदान गरि सम्मान गर्ने भएको हो ।
नेपाल पत्रकार महासंघ जापान शाखा सन् २०११ मार्च १३ मा जापानको राजधानी टोकियोमा पत्रकार तिलक मल्ल सभापतित्वमा स्थापना भएको थियो । सो स्थापनाको अवसरमा यस वर्ष पत्रकार महासंघ जापान शाखाले जापानमा रहेका सबै पत्रकार र नेपाली दूतावास, एनआरएनए र विभिन्न नेपाली संघ-संस्थाको नेतृत्वलाई निमन्त्रणा गरि यही मार्च महिनाको १२ तारिख टोकियोमा शुभकामना आदान-प्रदान तथा संस्थापकहरुलाई सम्मान कार्यक्रम राखेको महासंघका अध्यक्ष शान्त पहरीले जानकारी दिनुभयो।
पत्रकार महासंघ जापानले गत नियमित बैठकले स्थापना दिवस भव्य रूपमा मनाउने निर्णय गरेकोले सोहि अनुसार पत्राचार र अन्य तयारी गरिरहेको संस्थाका सचिव राजन गौतमले बताउनु भयो ।
उक्त स्थापना दिवस गोतान्दा स्टेशनबाट २ मिनेट हिडेर माया हलमा मार्च १२ को दिउँसो ठीक २ बजेबाट सुरु हुने भएकोले समयमैं उपस्थिति भईदिन सम्पूर्णलाई पत्रकार महासंघ जापानले अपिल गरेको छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया