एनआरएन जापानमा चुनावी सरगर्मी बढ्यो: ३२ पदका लागि ६२ जनाको उम्मेदवारी

जापान । गैरआवासीय नेपाली संघ(एनआरएनए) जापानको आगामी कार्यकाल २०२३-२०२५ को ३२ पदका लागि चुनावी मैदानमा ६२ जनाले प्रतिस्पर्धाका लागि उम्मेदवारी दर्ता गराएका छन ।
निर्वाचन समितिले प्रकाशित गरेको प्रारम्भिक उम्मेदवारी नामावली अनुसार अध्यक्ष एक पदका लागि ४ जना, ५ उपाध्यक्ष एक पदका लागि ८ जना, महिला उपाध्यक्ष एक पदका लागि दुई जना, महासचिव एक पदका लागि तीन जना, सचिव ३ पदका लागि ६ जना, महिला सचिव १ पदको लागि १ जना, कोषाध्यक्ष एक पदका लागि चार जना, सह कोषाध्यक्ष एक पदका लागि दुई जना महिला सह कोषाध्यक्ष १ पदको लागि १ जनाको उम्मेदवारी दर्ता भएको छ ।
त्यसैगरि महिला संयोजक एक पदको लागि एक जना, युवा संयोजक एक पदको लागि दुई जना, सदस्य आठ पदका लागि १७ जना, महिला सदस्य एक पदका लागि २ जना र अन्तराष्ट्रिय समन्वय परिषद सदस्य छ जनाको लागि नौ जनाले उम्मेदवारी दर्ता गराएको समितिद्वारा प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।

राष्ट्रिय समन्वय परिषद जापानको आगामी कार्यकालको नेतृत्व गर्नका हालका कार्यसमितिका चार उपाध्यक्षहरू नेतृत्वका लागि दौडमा रहेका छन् । वर्तमान वरिष्ठ उपाध्यक्ष नविन निउरे, उपाध्यक्ष रामकृष्ण श्रेष्ठ, राजकुमार अधिकारी, महिला उपाध्यक्ष र संगीता सुवेदी अधिकारीले आगामी कार्यकालको अध्यक्ष पदका दाबी गर्दै उम्मेदवारी दर्ता गराएका हुन ।
सबैभन्दा बढ़ी उम्मेदवारको रोज़ाइ भनेको उपाध्यक्ष पदमा बिष्णुप्रसाद सुवेदी विश्व, देवराज उप्रेती, कृष्ण गैरे शर्मा, मुक्तिराम खनाल बिनोद रुद्र मल्ल मनोज, सचिन श्रेष्ठ, सिद्धार्थ श्रेष्ठ र सुभाष लामिछाने गरि ८ जनाले प्रतिस्पर्धा गर्ने देखिएको छ ।
एक पदको महिला उपाध्यक्षका लागि हाल सचिव पदमा रहेकी डा. एलिजा केसी भण्डारी र सदस्य पदमा रहेकी महिला लक्ष्मी केसी महर्जनले प्रतिस्पर्धा गर्ने भएका छन ।
एनआरएनए जापानको आगामी कार्यकाल हाँक्नका लागि महासचिव पदमा हालका सचिव श्याम शीतल र कार्यसमिति सदस्य कमल बास्तोला र अघिल्लों कार्यकालमा समेत पराजय व्यहोले गरेको दाबीमा कसले बाजी मार्ने हो चासोका साथ हेरिएको छ । भने सचिव तीन पदका लागि तीन जना हालका कार्यसमिति सदस्य दिलिप कंडेल, सचिन शर्मा आचार्य, मनोज श्रेष्ठ, क्षेत्रीय संयोजक पद सम्हाली सकेका अर्जुन थापा, ज्ञानेन्द्र भट्ट, दिपेश खत्री केसीको उम्मेदवारी परेकोले छन । त्यसैगरि महिला सचिव पदमा चन्द्रकुमारी केसी केसीको मात्र उम्मेदवारी परेकोले यो पद पनि निर्विरोध भएको छ ।
कोषाध्यक्ष पदमा हालका सह कोषाध्यक्ष दिपक सुनार, हालका सदस्य कर्साङ तमाङ, हालका युवा संयोजक राकेश रुम्बा र राम खड्काले दाबी गरेका छन । त्यस्तै सह कोषाध्यक्ष पदका लागि हरि श्रेष्ठ र रामबहादुर थापाको नाम उम्मेदवारीमा परेको छ । सह कोषाध्यक्ष महिलामा अन्जु भण्डारी र महिला संयोजकमा हेमा पाण्डेको निर्विरोध भएको छ । भने युवा संयोजकमा चिबा क्षेत्रीय समितिका निवर्तमान संयोजक मुक्तिराज रेग्मी र राजु भण्डारी सुनिल लड्ने निश्चित देखिएको छ ।
सदस्य आठ पदका लागि अशोक भट्टराई, विनय गुरुङ, ध्रुव गौतम, दिलिप शर्मा, दिनेश लोहनी, गणेश अधिकारी, ज्योति केसी, शिवप्रसाद खरेल, कृष्णबहादुर पाण्डे, खिमराज शाह, कृष्णप्रसाद कंडेल, नेत्र पाण्डेय, रामु कंडेल, रोहित कुमार न्यौपाने, रेशमराज जैशी, उत्तम खनाल, सुबराज भण्डारी राजु, ललिता तमाङ र नानीमैया तामाङका बिच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।
आइसीसी सदस्यमा ९ जनाको दर्ता
एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषद सदस्य छ जनाको लागि बिष्णुप्रसाद घिमिरे, बाबुराम खरेल, विजेश थकाली, छत्रबहादुर दाहाल, कृष्ण केसी (थम्मन खत्री), राम थापा अनिल, श्री भक्त गुरुङ,विकास श्रेष्ठ र सुमन कार्की गरि नौ जनाले उम्मेदवारी दर्ता गराएका छन ।

प्रारम्भिक उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरुको दाबी विरोध र उम्मेदवारी फ़िर्ता लिनको लागि जुलाई २६ तारिखसम्मको अवधि तोकिएको छ ।एनआरएनए जापानको ११औं अधिवेशन जुलाई २९ तारिख र निर्वाचन ३० तारिख हुने कार्यतालिका रहेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया