
जापान । एनआरएनए आईसीसी युवा संयोजक पदमा जापानबाट युवा ब्यवसायी सुपेन्द्र घिसिंगले उम्मेदवारी दिने घोषणा गर्नु भएको छ। वर्तमान एनआरएनए आईसीसी सदस्य घिसिङले उम्मेदवारी दिने घोषणा गर्नुभएको हो।
नेपालको काभ्रेपलाञ्चोकमा जन्मिए विगत १६ वर्षदेखि जापानलाई आफ्नो कर्मभूमि बनाउँदै आउन् भएका घिसिङ एनआरएनए जापानमा २०१४ मा प्रवेश गर्दै एनआरएनएको अभियानमा निरन्तर सक्रिय भई क्षेत्रीय कमिटी, एनसीसी र हाल आईसीसी सदस्यमा कार्यरत छन्।
घिसिङ काभ्रेली समाज जापान, तामाङ समाज जापान र नेपाल आदिवासी जनजाति महासंघ जापानका विभिन्न पदको जिम्मेवारी वहन गर्दै अन्य विभिन्न संघसंस्थाको सल्लाहकारको भूमिकामा सामाजिक कार्य गर्दै आउनुभएको छ। त्यस्तै एनआरएनएको विभिन्न टास्कफोर्समा बसेर आफ्नो कार्य क्षमता प्रस्तुत गरिसक्नुभएको छ।
घिसिङको जापानमा घिसिङ कम्पनी लिमिटेडमार्फत ताज ब्रान्ड होटल व्यवसाय मेनपावर र रियल स्टेट व्यवसाय गर्दै आइरहनुभएको छ। थ्रीजी बिलडर्स कम्पनीमार्फत कन्ट्रक्सन र होटेल व्यवसाय पनि उहाँ संलग्न हुनुहुन्छ।
एनआरएनएका विभिन्न तह र तप्कामा रहेर कुशलतापूर्वक जिम्मेवारी निभाइसक्नुभएका घिसिङले एनआरएनए अभियानमा लागिरहँदा युवापुस्ताका मुद्दालाई स्थापित गर्न, दोस्रो पुस्ताका नेपालीलाई एनआरएनएमा आकर्षित गर्ने, विदेशमा रहेका श्रमिकको आवाज बुलन्द बनाउने प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ।
घिसिङले विभिन्न देशमा छरिएर बसेका नेपाली युवाहहरुलाई स्वरोजगार बनाउने पहल, सामूहिक लगानी, सिप र पुँजीको सदुपयोग गर्दै एनआरएनएमा युवाहरुको आकर्षण बढाउने, सुरक्षित र मर्यादित वैदेशिक रोजगार बनाउन पहल गर्ने, एनआरएनए स्पोर्ट्स एकेडेमीलाई दीर्घकालीन योजनासहित स्थापित गराउने, उच्च शिक्षाको लागि विदेसिएका विद्यार्थीहरुलाई सही मार्गदर्शन दिने र दोस्रो पुस्तालाई एनआरएनएमा आबद्ध गराई नेपालसँग जोड़ने लगायतका प्रमुख उद्देश्य रहेको जानकारी गराउनुभएको छ।
एनआरएनए आईसीसीको ११औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन आगामी ३० असोजदेखि ३ कात्तिकसम्म अर्थात् १७ अक्टोबर–२० अक्टोबरमा काठमाडौंमा हुने छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया