डा. बद्री केसीले अक्टोवर ४ तारिख एनआरएनए अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने

जापान । गैरआवासीय नेपाली संघ एनआरएनएका बर्तमान कार्यकारी अध्यक्ष डा. बद्री केसीले आगामी कार्यकालको लागि पुनः उम्मेदवारी घोषणा गर्ने भएका छन् ।
केसीले ४ अक्टोवर, बुधवारका दिन भरर्चुल माध्यमद्धारा आफ्नो उम्मेदवारी घोषणा गर्न लागेका हुन् ।

केसीको निर्वाचन प्रचारप्रसार तथा व्यवस्थापन समितिका अनुसार सो कार्यक्रममा नेपाली समय अनुसार साँझ ५ बजे शुरु हुने भएको छ । घोषणासभामा संघका संसारभर छरिएका संघको ११ औं महाधिवेसका प्रतिनिधिहरुलाई आमन्त्रण गरिएको छ ।
सन् २००३ देखि एनआरएन अभियानमा होमिएका केसी २००७ सम्म एनसीसी रुसको साधारण सदस्य रहेका थिए । त्यसपछि २००७ देखि २००९ सम्म एनसीसी रुसको महासचिव भएर काम गरेका उनी २००९ देखि भने अन्तर्राष्ट्रिय समन्वय परिषद् आइसिसी  प्रवेश गरे।
दुई कार्यकाल आइसिसी सदस्य रहेका उनी २०१३ ९२०१५ मा भने कोषाध्यक्ष चयन भए । त्यसपछि दुई कार्यकाल महासचिव र सन् २०१९ – २०२१ मा उपाध्यक्ष रहेका उनले अहिले संघको कार्यकारी अध्यक्षको समालेका छन्। बायो टेक्नोलोजीमा मस्कोबाट २००१ मा पिएचडी गरेका उनको रसिया र नेपालमा विभिन्न क्षेत्रमा लगानी रहेको छ।

फेसबुकबाट तपाइको प्रतिक्रिया