
जापान । गैरआवासी नेपाली संघ एनआरएनए आईसीसीको गत हप्ता सम्पन्न निर्वाचनमा जापान कर्मभूमि बनाई उपाध्यक्षमा निर्वाचित रोबिनकुमार शेरचन र कोषाध्यक्षमा निर्वाचित सुदनकुमार थापालाई नारिता बिमानस्थलमा स्वागत गरेका छन्।
जापानमा रहेका बिभिन्न संघसंस्था र पेशा ब्यबसायीमा आबद्ध नेपालीहरुको उपस्थितिमा खादा लगाएर स्वागत गरेका हुन् । निर्वाचित शेरचन र थापा संगै आईसीसीमा सदस्यमा जापानबाट प्रतिनिधित्व गर्नु हुने विकास श्रेष्ठ र विष्णु घिमिेलाई नारिता बिमानस्थलमा स्वागत गरेका थिए।
जापानबाट एनआरएनए आईसीसी उपाध्यक्ष पदमा रोबिनकुमार शेरचन, सचिबमा पारसमणी पोखरेल, कोषाध्यक्षमा सुदनकुमार थापा, युवा संयोजकमा सुपेन्द्र घिसिङ्ग, एसिया प्यासिफिक उपसंयोजकद्धयमा दिपक कँडेल र दिपक कार्की , एसिया प्यासिफिक महिला संयोजकमा अनिता गुरुङ, एसिया प्यासिफिक युवा संयोजकमा बिकाश बस्नेत ,एसिया प्यासिफिक युवा उपसंयोजकमा नारायण खड्का गरी ९ जना उम्मेद्वारहरु निर्वाचित भएका थिए ।
त्यस्तै जापानबाटै एनआरएनए आईसीसी सदस्यहरुमा ६ जना सर्वसहमत निर्वाचित भएका थिए ।
एनआरएनए आईसीसीको ११ औं निर्वाचनको चुनावमा धाँधली गेको भन्दै पराजित समुहले समान्तर कमिटी समेत बनाएका छन्।
फेसबुकबाट तपाइको प्रतिक्रिया