जापान । प्रवासी नेपाली मञ्च जापान जापानले नेपालीहरूको महान चाड विजयी दशमी, दिपावली तथा छठ पर्व २०८० लगाएत आठहरुको उपलक्ष्यमा शुभकामना साँझ कार्यक्रम गर्ने भएको छ ।
एमाले समर्थित प्रवास संगठन प्रवासी नेपाली मञ्च जापानले नोभेम्वर ५ तारिख आइतबार टोकियोमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सहित शुभकामना साँझ २०८० गर्ने भएको हो ।
कार्यक्रम नोभेम्वर ५ तारिख २०२३ ओकुबोस्थित काठमाडौं लाउन्ज एण्ड बारको हल मा दिउँसो ४ बजेबाट साँझ ८ बजेसम्म हुने प्रवासी नेपाली मञ्च जापान राष्ट्रिय कमिटीका सचिब राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
उक्त दशैं-तिहार, छठ, ल्होसार लगाएत चाडहरुको शुभकामना आदानप्रदान कार्यक्रममा जापानस्थित एनआरएनए र विभिन्न नेपाली सामाजिक संघसंस्था र अग्रज व्यक्तित्वहरुलाई आमन्त्रण गरि शुभकामना आदान-प्रदान तथा रमाइलो देउसी भैलो र चियापान गर्न लागेको अध्यक्ष कुलचन्द्र खरेलले बताउनु भयो
फेसबुकबाट तपाइको प्रतिक्रिया