प्रवासी नेपाली मञ्च जापानले देउसी-भैलो शुभकामना साँझ २०८० कार्यक्रम गर्ने

जापान । प्रवासी नेपाली मञ्च जापानले नेपालीहरूको महान चाड विजयी दशमी, दिपावली तथा छठ पर्व २०८० लगाएत
पर्वहरुको उपलक्ष्यमा शुभकामना साँझ २०८० कार्यक्रम गर्ने भएको छ ।
एमाले समर्थित प्रवास संगठन प्रवासी नेपाली मञ्च जापानले नोभेम्वर ५ तारिख आइतबार टोकियोमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सहित शुभकामना साँझ २०८० गर्ने भएको हो ।
कार्यक्रम नोभेम्वर ५ तारिख २०२३ ओकुबोस्थित काठमाडौं लाउन्ज एण्ड बारको हलमा दिउँसो ४ बजेबाट साँझ ८ बजेसम्म हुने प्रवासी नेपाली मञ्च जापान का सचिब राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

हरेक वर्ष गर्दै आएको कार्यक्रम दशैं-तिहार, छठ, ल्होसार लगाएत चाडहरुको शुभकामना आदानप्रदान कार्यक्रममा जापानस्थित एनआरएनए र विभिन्न नेपाली सामाजिक संघसंस्था र अग्रज व्यक्तित्वहरुलाई आमन्त्रण गरि शुभकामना आदान-प्रदान तथा आत्मीयता बढाउन देउसी भैलो र चियापान गर्न लागेको अध्यक्ष कुलचन्द्र खरेलले बताउनु भयो ।

नवनिर्वाचित एनआरएनएहरुलाई सम्मान
प्रवासी नेपाली मञ्च जापानले देउसी-भैलो शुभकामना साँझ २०८० कार्यक्रमको अवसरमा नेपालमा गत महिना सम्पन्न अधिवेशनबाट निर्वाचित गैरआवासीय नेपाली संघमा जापानबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान पत्रले सम्मान तथा बधाई कार्यक्रम गर्ने प्रवासी नेपाली मञ्च जापानका उपाध्यक्ष तथा देउसी-भैलो शुभकामना साँझ २०८० कार्यक्रमका संयोजक प्रकाश ढकालले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया