राप्ती समाज जापानको चौथो अधिवेशन डिसेम्बर ३ मा हुने, उपस्थितको लागि अपिल

जापान । राप्तीवासीहरूको साझा संस्था राप्ती समाज जापानको आउदो डिसेम्बर ३ तारिख आइतबार चौंथो अधिवेशन गर्ने भएको छ ।रा प्ती समाज जापानले डिसेम्बर ३ तारिख आइतबार चौंथो अधिवेशन गर्ने भएको हो ।

तत्कालिन राप्ती अंचलबाट जापान आएर बिभिन्न, पेशा, व्यापार, व्यवसायी, अध्ययन, रोजगारको शीलशिलामा संलग्न जापानमा कृयासिल संघ संस्था जस्तै यो संस्थाले पनि सामाजिक कार्यहरु गर्दै आएको छ । २०१३ मा गठन भएर यस संस्था सामाजिक काममा सधै सक्रिय रुपमा अगाडी बढिरहेको समाजका महासचिव पञ्च चौधरीले जानकारी दिनु भयो ।

जापानमा रहनुभएका राप्तीबासी एक आपसमा परिचित भएर आपसमा दुख-सुख,सर-सहयोगको साटासाट गर्न सुन्द राप्ती – हामी सबैको राप्ती भन्ने भावनाका साथ राप्ती अंचलका बिभिन्न चाडपर्व, संस्कृतीहरु एकसाथ सामुहिक रुपमा जापानमा पनि मनाउने संस्कारको बिकास गर्ने, साथै जापानमा पनि आफ्नो कला, संस्कृतीको परिचय दिइ पर्यटन प्रबर्द्धनमा भूमिका खेल्ने, आफ्नो मातृभुमिको बिकासमा सानो भएपनी योगदान गर्ने उद्देश्यले खासगरी राप्ती अंचलका बिकासको पहुँच भन्दा बाहिर रहेका ठाँउमा शिक्षा, स्वास्थ्य, संस्कृति, तथा आर्थिक विकासमा सहयोगि भूमिका खेल्ने,नेपाल राप्तीमा भैपरी आउने बिभिन्न मानविय सहयोग कार्यमा सकृय भूमिका निभाइनुका साथै जापानमा रहनु भएका सम्पूर्ण संघ सस्था सँग सहकार्य गर्दै सम्पूर्ण नेपालीहरुको हकहित संरक्षण र प्रबर्धन र बिकास गर्नु हो ।

अधिवेशनलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नको लागि तयारी अगाडी बढीरहेको र जापानका विभिन्न क्षेत्रमा रहनुभएका सम्पूर्ण राप्ती वासीहरुलाई सक्रिय उपस्थिती भएर सफल बनाउन हार्दिक आह्वन गरिएको अध्यक्ष मनराज विश्वकर्माले जानकारी दिनुभयो ।

 

फेसबुकबाट तपाइको प्रतिक्रिया