
टोकियो । नेपाल मगर संघ जापानले माघे सक्रान्ति विशेष २६औँ लाङ्घाली साँझ २०२४ संगीतिक कार्यक्रमका लागि चर्चित कलाकार श्याम राना मगर र सम्झना लामिछाने मगर लगायतको प्रस्तुति हुने भएको छ।
नेपाल मगर संघ जापान केन्द्रिय समितिद्वारा आयोजित नेपालीहरुको राष्ट्रिय पर्व तथा मगरहरुको विशेष चाड माघे सक्रान्तिको उपलक्ष्यमा माघे सक्रान्ति विशेष २६औँ लाङ्घाली साँझ २०२४ लाई साँगीतिक मय बनाउनका लागि मगर द्वयको साथमा चेतन घर्ती मगर दिपन थापा मगरसहित दर्जन बढी स्थानीय कलाकारको विविध प्रस्तुति रहने सङ्घका महासचिव भिक्टर ठाडा मगरले जानकारी दिए।
मगरहरुको संस्कृति परम्परालाई प्रवासमा रहँदा पनि निरन्तरता दिँदै दोस्रो पुस्तामा हस्तान्तरण गर्न सहज होस् भन्ने उद्देश्यका साथ नियमित रुपमा लाङ्घाली साँझ गर्दै आइरहेका हौ। महासचिव ठाडा मगरले भने – मगरहरुको एतिहासिकता र मौलिक परम्परालाई निरन्तरता दिनका लागि जापानको प्रवासमा रहेका मगरहरूले आउदो जनवरी १३ तारिख शनिबारका दिन सक्रान्ति पर्व अवसर पारेर २६ औं लाङ्घाली साँझ गर्न लागेको हौ।
आफ्नो मौलिक कला संस्कृतिप्रति चासो जगाई राख्न र मगर जातीको उपस्थितिलाई अर्थपूर्ण बनाउनका लागि पनि कार्यक्रमको महत्व र आवश्यकता दुवै भएकोले सोहि दिन साँझ ५ बजेदेखि शुरु हुने लाङ्घाली साँझलाई भब्य रुपमा मनाउन लागिएकोले जापानमा रहेका मगर सहित सम्पूर्ण नेपालीहरुलाई उपस्थितिका लागि महासचिव ठाडा मगरले आग्रह गरे ।
२६ औं लाङ्घाली साँझको लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको समेत उनले जानकारी दिए ।
फेसबुकबाट तपाइको प्रतिक्रिया