पत्रकार महासंघ जापानले नि: शुल्क फोटो तथा भिडियो पत्रकारिता तालिम गर्ने

टोकियो । नेपाल पत्रकार महासंघ जापानले संस्था स्थापनाको १३औं वर्षगाँठको अवसरमा जापानमा रहेका पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले जापानी तथा नेपाली दक्ष प्रशिक्षकबाट नि शुल्क फोटो तथा भिडियो पत्रकारिता तालिम‍ आयोजना गर्ने भएको छ ।
आउँदो मार्च १० तारिख बिबिध मनोरन्जनात्मक कार्यक्रम सहित नि शुल्क फोटो तथा भिडियो पत्रकारिता तालिम आयोजना गरिएको महा‍संघका उपाध्यक्ष तथा कार्यक्रम ‍संयोजक रविन्द्र श्रेष्ठले जानकारी दिनुभयो।
तालिमको नि शुल्क र बावेक्यूको जापानी ४ हजार येन तोकिएको संयोजक श्रेष्ठले जानकारी दिनुभएको छ।
पत्रकार महासंघ जापानको स्थापना दिवसको अवसरमा महासंघका कार्य समिति, सल्लाहकार र केन्द्रीय पार्षद सहितको बैठक, तालिम र बार्बेक्यु पार्टीको साथमा नाँचगान तथा मनोरन्जनात्मक कार्यक्रमको समेत आयोजना गरिने भएको छ ।
जापानमा पत्रकार महासंघ स्थापनाको अवसर पारेर मार्च १० तारिख तिन चरणमा कार्यक्रम आयोजना गरिने जसमा पहिलो चरणमा विहान १० बजेबाट ब्रेकफास्ट सहित बैठक, दोस्रो चरणमा दिउसो १ बजेबाट तालिम तेस्रो चरणमा बावेक्यू र बिबिध मनोरन्जनात्मक कार्यक्रम गनिे महासंघका अध्यक्ष शान्त पहरीले जानकारी दिनुभयो।

चिवा केन स्थित ‍साकुरासीस्थित हातेमालोमा हुन लागिरहेको कार्यक्रममा उपस्थितिको लागि जापानबासी सबै नेपाली पत्रकारहरुलाए अनुरोध नेपाल पत्रकार महासंघ जापानले अनुरोध गरेको छ । निःशुल्क भिडियो तथा फोटोग्राफी पत्रकारिता तालिम तथा विविक्यू मा सहभागी हुने/ नहुने बारे फर्म भरिदिनु हुन नेपाल पत्रकार महासंघ जापान शाखाले अनुरोध गरेको छ।

फेसबुकबाट तपाइको प्रतिक्रिया