काठमाडौँ । नवनियुक्त उपकुलपति केशरजंग बरालले त्रिभुवन विश्वविद्यालयअन्तर्गतका विभागहरू खारेज गरी स्कुल मोडलमा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका छन् ।
शुक्रबार कीर्तिपुरस्थित उपकुलपति कार्यालयमा पदभार ग्रहणपछि उनले आफ्ना कार्ययोजना र सोचपत्र सार्वजनिक गर्दै थोरै विद्यार्थी भएका र अनावश्यक रूपमा रहेका केन्द्रीय विभाग र क्याम्पसका विभागलाई गाभेर स्कुल मोडलमा लैजाने प्रतिबद्धता जनाएका हुन् । उनले तत्कालीन र दीर्घकालीन गरी आफ्ना कार्यभारको व्याख्या गरेका थिए । विभागहरू खारेज गरेर स्कुल मोडलमा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै त्रिविलाई शैक्षिक उत्कृष्टताको केन्द्रतर्फ लैजाने भनाइ थियो । सरकारको नीति तथा कार्यक्रममा समेत त्रिविलाई केन्द्रका रूपमा विकास गर्ने उल्लेख छ । काठमाडौँ । नवनियुक्त उपकुलपति केशरजंग बरालले त्रिभुवन विश्वविद्यालयअन्तर्गतका विभागहरू खारेज गरी स्कुल मोडलमा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका छन् ।
शुक्रबार कीर्तिपुरस्थित उपकुलपति कार्यालयमा पदभार ग्रहणपछि उनले आफ्ना कार्ययोजना र सोचपत्र सार्वजनिक गर्दै थोरै विद्यार्थी भएका र अनावश्यक रूपमा रहेका केन्द्रीय विभाग र क्याम्पसका विभागलाई गाभेर स्कुल मोडलमा लैजाने प्रतिबद्धता जनाएका हुन् ।
उनले तत्कालीन र दीर्घकालीन गरी आफ्ना कार्यभारको व्याख्या गरेका थिए । विभागहरू खारेज गरेर स्कुल मोडलमा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै त्रिविलाई शैक्षिक उत्कृष्टताको केन्द्रतर्फ लैजाने भनाइ थियो । सरकारको नीति तथा कार्यक्रममा समेत त्रिविलाई केन्द्रका रूपमा विकास गर्ने उल्लेख छ । उपकुलपति बरालले उत्कृष्टताको केन्द्र बनाउन केही मापदण्ड तोकेर जानुपर्नेसमेत औंल्याए ।
उपकुलपति बरालले त्रिविलाई पुनःसंरचनामा लैजाने प्रतिबद्धता पनि जनाए । त्यसका लागि प्रदेशस्तरमा पूर्वाधार निर्माण र तयारीको काम थालनी गरिने उल्लेख गरे । त्रिविलाई सातैवटा प्रदेशमा विस्तार गरेर विकेन्द्रीकरणमा लैजानुपर्ने शिक्षाविद्हरूको मत छ । त्यसका लागि सरकारको समेत योजना र सहयोगको उनले माग गरे । विद्यार्थी आकर्षण घट्दो त्रिविमा शैक्षिक क्यालेन्डर कार्यान्वयन गरेर गुमेको साख फर्काउने उनको दाबी थियो । ‘शैक्षिक क्यालेन्डर छैन । भए पनि कार्यान्वयन छैन,’ उनले भने, ‘विद्यार्थी अभिभावकको समय र लगानी खेर गएको छ । त्यसलाई सच्याउनुपर्छ ।’ नतिजा तोकिएको समयमा नै प्रकाशित गर्ने व्यवस्था तत्काल मिलाउने उनले जनाए । परीक्षा सकिएको ३ महिनाभित्र नतिजा सार्वजनिक गर्नुपर्ने प्रावधान छ । नतिजामा १८ महिनासम्म ढिला हुँदै आएको छ ।
पाठ्यक्रमलाई श्रम बजारको आवश्यकताअनुसार स्तरोन्नति गरिने उनले घोषणा गरे । उपकुलपति छनोट तथा सिफारिस समितिलाई पेस गरेको कार्ययोजना र सोचपत्रबारे उनले व्याख्या गरेका थिए । मानविकी र शिक्षा संकायलाई पुनर्जीवित गरिने उनको भनाइ थियो । ‘परम्परागत मानविकीलाई रूपान्तरण गर्न प्रयास गर्नेछु,’ उनले भने, ‘४ वर्षे स्नातक कार्यक्रमलाई ३ वर्षे बनाइन्छ । अन्तर्राष्ट्रिय रूपमा मिलाउन एक वर्ष थप गरेर ४ वर्षे कोर्स पनि निरन्तरता दिनुपर्छ ।’ स्नातक तहलाई ४ वर्षे बनाउँदा अनावश्यक रूपमा लामो भएर विद्यार्थीको खर्च र समयसमेत खेर गएको उनले औंल्याए । शिक्षा पढ्ने विद्यार्थीको गुणस्तर र शिक्षण विधि सुधार हुने गरी पाठ्यक्रम तयार पार्ने उनले प्रतिबद्धता गरे । ‘व्यवस्थापन, मानविकी, विज्ञान पढेका विद्यार्थीलाई पनि शिक्षक बन्ने बाटो राखेर शिक्षा संकायको पाठ्यक्रम परिमार्जन गराउँछु,’ उनले भने । स्थानीय ज्ञान र सीपलाई प्रवर्द्धन गर्ने, उच्च शिक्षामा राज्य र अभिभावकले गरेको लगानीको प्रभावकारिता अभिवृद्धि गर्ने लक्ष्य उनले सुनाए ।
वैकल्पिक उपचार विधि (आम्ची), आयुर्वेदलाई आधुनिक विधिसँग जोड्ने गरी पाठ्यक्रम विकास गर्ने र पठनपाठन थाल्ने उनको घोषणा छ । प्राध्यापक, कर्मचारीलाई विद्यार्थी केन्द्रित भएर त्रिविको ऐन नियमअनुसार चल्न पनि उनले निर्देशन दिए । ‘उपकुलपति एक्लैले त्रिवि सुधार गर्न सक्दैन, खस्केको त्रिविलाई ट्र्याकमा ल्याउन शिक्षक, विद्यार्थी र कर्मचारी एकजुट हुनुपर्छ,’ उनले भने । उपकुलपति लगायत पदाधिकारीले दिएको निर्देशन विश्वविद्यालयको हितमा नभए त्यसलाई कार्यान्वयन गर्न कर्मचारी बाध्य नहुनेसमेत उनले स्मरण गराए । पोखरा विश्वविद्यालयका पूर्वउपकुलपतिसमेत रहेका बराललाई प्रधानमन्त्री तथा कुलपति कार्यालयले बिहीबार त्रिविको २० औं उपकुलपतिमा नियुक्त गरेको थियो ।
उपकुलपति बरालले विश्वविद्यालयबाट दोहोरो सुविधा नलिने घोषणासमेत गरेका छन् । त्रिविमा नियुक्त हुने अवकाश प्राप्त पदाधिकारीले यसअघि दोहोरो सुविधा लिँदै आएका थिए । ‘म पोखराको पृथ्वीनारायण क्याम्पसबाट दुई वर्षअघि अवकाश प्राप्त प्राध्यापक हुँ,’ बरालले भने, ‘उपकुलपति पदमा रहेसम्म दोहोरो सुविधा लिन्न । पेन्सन लिन्न, तलब मात्रै लिन्छु ।’ त्रिविका पूर्वउपकुलपति धर्मकान्त बाँस्कोटा, तीर्थराज खनियाँ, पूर्वरजिस्ट्रार पेशल दाहाल, सेवा आयोगका पूर्वसदस्य हेमराज ढकाल लगायतले दोहोरो सुविधा लिएकोमा आलोचना हुँदै आएको थियो ।
फेसबुकबाट तपाइको प्रतिक्रिया