एनआरएनएले अप्रिल १४ तारिख जापानका विभिन्न शहरमा रक्तदान कार्यक्रम आयोजना गर्ने

टोकियो । गैरआवासीय नेपाली संघ एनआरएनए जापानले नेपाली नयाँ वर्षको अवसरमा आउँदो अप्रिल १४ तारिख जापानका विभिन्न शहरहमा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ।

जापानको टोकियो, ओकिनावा, फुकुओका, नागोया, ओसाका, सेन्दाई, निगाता, तोचिगी र गुन्मा प्रिफेक्चरमा एकै साथ रक्तदान कार्यक्रम आयोजना गरिन लागेको संघका उपाध्यक्ष तथा रक्तदान कार्यक्रमका संयोजक सिद्धार्थ श्रेष्ठले जानकाी दिनु भयो।
विगतका वर्षहरुमा पनि आयोजना गरिएको बृहत रक्तदान कार्यक्रममको तेस्रो श्रृंखला हो । संयोजक श्रेष्ठका अनुसार, कार्यक्रम हालसम्मलाई एनआरएनए जापान केन्द्र र क्षेत्रको आयोजनामा तय भएको छ। यदि कुनै अन्य संस्थाले ईच्छा व्यक्त गरेको खण्डमा सहकार्य गर्न सकिने बताए।
ईच्छुक व्यक्तिहरुले आ आफ्नो क्षेत्रमा तोकिएको मिति, स्थान र समयमा गइ रक्तदान गर्न सकिने र यदि केही जानकारी लिनु परेमा एनआरएनए जापानको केन्द्रीय तथा क्षेत्रीय कार्य समितिमा सम्पर्क गर्न सकिने एनआएनए जापानमा अध्यक्ष नविन निउरेले बताउनु भयो ।

एनआरएनए जापानले जापानमा कोभिड महामारीको कारण रक्दानका कार्यक्रमहरु ठप्प भइ जापानमा रगत अभावको कठिन समयमा ३ वर्षअघि यस वृहत रक्तदान कार्यक्रमको सुरुवात गरेको थियो।

फेसबुकबाट तपाइको प्रतिक्रिया