काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान जागाउने हो र टिकाउने हो भने प्रदेशलाई जस्ताको त्यस्तै बोक्न नहुने बताएका छन् । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा महामन्त्री थापाले संविधानका केही कुराहरु संशोधन गर्नुपर्ने भन्दै यस्तो बताएका हुन् ।
प्रदेशका साथै निर्वाचन प्रणालीकाबारेमा पनि केही संशोधन गर्न आवश्यक रहेको उनको भनाइ छ । ‘…हाम्रो केही जिम्मेवारी छ । संविधान जोगाउने हो र टिकाउनको निम्ति यो संविधानमा केही कुरा नबदलीकन हुँदैन,’ उनले भने, ‘चाहे हाम्रो प्रदेशको रचनाको कुरा होस्, यसलाई जस्ताको त्यस्तै बोकेर हुँदैन । यसलाई टिकाउन केही कुरामा बदलाब ल्याउनुपर्छ । निर्वाचन प्रणालीका बारेमा पनि केही कुरा परिमार्जन गर्नुपर्नेछ ।’
साथै उनले २०८४ सालसम्म नेपाली कांग्रेस संघीय संसदभित्र प्रतिपक्षको भूमिकामा रहने बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले का्रग्रेस सरकार बनाउने र गिराउने खेलमा नलाग्ने बताएका हुन् । यसअघिको चुनावको प्रतिबद्धताअनुसार सरकारमै रहनुपर्ने भएपनि सरकारमा रहेका केही राजनीतिक दलहरुले प्रतिबद्धता बिर्सिंदा कांग्रेस प्रतिपक्षमा पुगेको उनको भनाइ छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया