पुँजी सहित ब्यवस्थापकीय शिप र क्षमता टान्सफर गर्नुस् : एमाले महासचिव पोखरेल

टोकियो । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले कमाएको पुँजी मात्र पठाएर देश नबन्ने बताउनु भएको छ ।
टोकियोमा आईतबार प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी जापानले आयोजना गरेको नेपालको आर्थिक विकासमा प्रवासी नेपालीहरूको लगानीका अवसर र चुनौतीहरू बिषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले जापानको प्रविधि, शिप र क्षमता देशको लागि प्रयोग गर्न आग्रह गरेका हुन ।

शानको लागि लगानी हैन स्वाभिमानको लागि लगानी गर्न एनआरएनहरूलाई आग्रह गर्नु भयो । लगानी गर्ने भनेर घोषणा मात्र गरेर नहुने बताउदै हुनेहरूले देशमा दत्त-चित्त भएर लगानी गर्न आग्रह गर्दै देश बनाउनको लागि हामी आएको हौं, समस्या आउदा भाग्दैनौ देश बनाएरै छाड़ने जिकिर गर्नु भयो ।
एक प्रसंगमा पोखरेलले देशमा राजनीतिक दल जस्तो विदेशमा आएर संघ-संगठन धेरै हैन बलिया र सर्व स्वीकार्य बनाएर समयको ख्याल गर्न समेत जापानवासी नेपालीलाई आग्रह गर्नु भयो ।
महासचिव पोखरेलले परदेशमा आएर एक-आपसमा मिलेर बस्न समेत अनुरोध गर्दै जापानीबाट हामीले समयको पालना, कामको सम्मान र अनुशासनको पालना गर्नु पर्ने बताउनु भयो ।
राज्य कमजोर भयो भने देश नबन्ने बताउदै देश बनाउन प्रधानमन्त्रीको अधिकार पावरफुल हुनुपर्ने बताउनु भयो ।

राजनीतिक स्थायित्व र देश बनाउन दुई ठुला पार्टी मिलेको बताउदै देशमा समस्या छ लगानीको वातावरण छैन भन्ने भाष्य गलत रहको बताउनु भयो ।
त्यस्तै एमाले केन्द्रीय सदस्य सूर्य प्रसाद पाठकले परदेशमा दुःखले कमाएको पुँजी र प्रविधिको उचित ब्यवस्थापन गर्न आग्रह गर्नु भयो । उक्त अन्तरक्रिया कार्यक्रममा जापानका लागि नेपाली राजदूत डा.दुर्गा बहादुर सुवेदी, एनआरएनए आईसीसी उपाध्यक्ष रोविन शेरचन, एनआरएनए जापानका अध्यक्ष नवीन निउरे लगायतको उपस्थिति रहको थियो ।
खुला कार्यक्रम अघि एमाले पार्टीको संगठित सदस्यहरूको लागि मात्र आन्तरिक प्रशिक्षण गराएको थियो । प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी जापानका अध्यक्ष कुलचन्द्र खरेलको सभापतित्वमा सचिव राजेन्द्र श्रेष्ठले संचालन गरि कार्यक्रम सम्पन्न भयो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया