
जापान । तमु धीं जापानले नेपाली नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना आदान-प्रदान सहित चौथौं तमु धीं जापान रनिङ कप फुटसल प्रतियोगिता २०२५ गर्ने भएको छ ।
जापानमा रहेका फुटबलप्रेमी, खेलाडीहरुलाई मनोरञ्जन दिलाउनुका साथै नेपालीहरुबीच पारस्पारिक भाईचाराको हातेमालो गरि ‘स्वास्थ्यको लागि खेल तथा मित्रता’ भन्ने मूल नारासहित आउने अप्रिल २० तारिख आईतबारका दिन किता-कोगाने चिबामा आयोजना हुन गईरहेको तमु धीं जापान महासचिव विनय गुरुंगले जानकारी दिनु भयो ।
शुभकामना आदान-प्रदान कार्यक्रमसहित चौथौं तमु धीं जापान रनिङ कप फुटसल प्रतियोगिता फुटबलप्रेमी, खेलाडी तथा नेपाली समुदायबीच आपसी भाईचारा र सहकार्य प्रवर्द्धन गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिन लागेको हो।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोली तथा खेलाडीहरूलाई आकर्षक नगद पुरस्कार प्रदान गरिनेछ। विजेता टिमले ¥४,००,००० (ट्रफी, मेडल र प्रमाणपत्रसहित) प्राप्त गर्नेछ भने उपविजेता टिमले ¥२,००,००० पुरस्कार पाउनेछ। सेमिफाइनलसम्म पुग्ने टिमलाई ¥५०,००० प्रदान गरिनेछ। यस्तै, उत्कृष्ट खेलाडी, गोलकिपर र डिफेन्डरलाई जनही ¥५,००० नगदसहित ट्रफी र प्रमाणपत्र दिइनेछ।
प्रतियोगितामा सहभागिता जनाउन इच्छुक टिमहरूले ¥४१,००० प्रवेश शुल्क तिर्नुपर्नेछ। दर्ताको अन्तिम मिति अप्रिल १२ तोकिएको छ।
रजिस्ट्रेशन शुल्क बुझाउने खाता विवरण:
Japan Post Bank
A/C No. 10150-88499201
口座名義: シヤ) タムディンジャパン
पुरस्कार राशी
प्रथम : ¥400,000 (Certificate ,Trophy & Medal)
द्धितीयः ¥200,000 (Certificate ,Trophy & Medal)
सेमि-फाईनल लिस्ट टिम :- ¥50000/¥50000
बेस्ट खेलाडी /बेस्ट किपर /बेस्ट डिफेन्स ¥5,000 (Trophy, Certificate)
मिति: 2025/4/20 (Sunday)
समय :10:00 AM~19:00 PM
स्थान: जेट फुटसल स्पोर्ट नागारेयामा (किता-कोगाने स्टेसन )
फेसबुकबाट तपाइको प्रतिक्रिया