एजेन्सी । कोरोना भाइरस कोभिड १९ बाट स्पेनमा एक राजकीय सदस्यको ज्यान गएको छ । स्पेनकी राजकुमारी ८६ वर्षीया मारिया टेरेसाको शुक्रबार कोरोना भाइरसको कारण ज्यान गएको हो ।
टेरेसा स्पेनको बोउरबोन९पर्मा राजकीय परिवारकी सदस्य हुन् । युवराज सिक्टस हेनरीले राजकुमारी टेरेसाको मृत्यु भएको पुष्टि गरेका हुन् । कुनै सन्तान नभएकी युवराज्ञी भतिजाभतिजीको आश्रयमा रहँदै आएकी थिइन् । यसअघि बेलायती राजकुमार चार्ल्समा पनि कोरोना भाइरसको संक्रमण देखिएको थियो ।
स्पेनमा कोरोना भाइरस ७२ हजारमा संक्रमण र अहिलेसम्म मृत्यु हुने मानिसको संख्या ५ हजार ८१२ पुगिसकेको छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया