
काठमाडौं । इन्टरनेट सर्च इन्जिन गुगलले कोरोना भाइरसको संक्रमण फैलिएका देशले अपनाएका ‘सामाजिक दूरी’बारे अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेको छ ।
त्यसमा अति विकसित देश मानिएको अमेरिकाभन्दा नेपाल अगाडि रहेको देखाइएको छ । विश्वव्यापी महामारी बनेको कोरोना भाइरसबाट बच्न विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना प्रभावित विश्वका सबै राष्ट्रलाई सामाजिक दूरी कायम गर्न अर्थात् आपसी भेटघाट र भिडभाड नगर्न सुझाव दिएको छ।
सोहीबमोजिम अहिले नेपाललगायत देशले कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि लकडाउन अर्थात् पूरै देश बन्दाबन्दी गराएका छन् भने व्यक्ति-व्यक्तिबीचक भेटघाट र शारीरिक निकटता कम गराएका छन् । जसलाई ‘सामाजिक दूरी’ भनिएको छ । सोही विषयमा गुगलले याे नियम कुन देशले कति पालना गरेका छन् भनेर आफ्नो म्यापका माध्यमबाट अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेको हो ।
जसअनुसार यो नियम अमेरिकाका नागरिकले भन्दा नेपालका नागरिकले गम्भीरतापूर्वक पालना गरेका छन्।
फेसबुकबाट तपाइको प्रतिक्रिया