शक्तिशाली देश अमेरिकामा असुरक्षित महसुश गर्दैछु : नायिका सिपोरा

न्यूयोक । नायिका तथा भलिबल खेलाडी सिपोरा गुरुङ अमेरिकामा छिन् । तर, उनी विश्वकै शक्तिशाली देशमा रहेर पनि असुरक्षित महशुश गरिरहेको बताउँछिन् ।

सामाजिक संजालमा स्टाटस कोर्दै उनले लेखेकी छिन्– ‘कोरोनाले नदुखेको ठाउँ संसारमै सायदै होला । आफू शक्तिशाली देशमा भएर पनि असुरक्षित महसुश गर्नु आफैँमा विडम्बना हो । जीवन रहे संसार रहन्छ । जीवनसँगै मानवताको रक्षाका लागि जुटौँ । नायिका तथा भलिबल खेलाडी सिपोराले नयाँ वर्ष २०७७ सँगै विश्वबाट कोरोना कहर सधैँको लागि दूर होओस् पनि बताउँछिन् ।

उनले, हरेक विपत्तीले एउटा न एउटा पाठ सिकाएर जाने भन्दै उनले चिन्तालाई छाडेर संसारकै हित हुने चिन्तमा लाग्न पनि अपिल गरेकी छिन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया