टोकियोमा आज आईतबार १०७ जनामा कोरोना संक्रमण

जापान । आज आईतबार जापानको राजधानी टोकियोमा एकैदिन १०७ जनाको कोरोना भाइरस संक्रमण भएको छ ।

राजधानी टोकियोभित्र आईतबार ५ बजेपछि १०७ जनामा संक्रमण पुष्टि भएको जापानी समाचार संस्था एचएचके अनलाईनले उल्लेख गरेको छ  । टोकियो भित्रमात्रै संक्रमितहरुको संख्या ३ हजार ८२  जना पुगेको छ । हालसम्म जापानमा संक्रमित चीनबाट चार्टर गरि ल्याइएकाहरु र योकोहामा पोर्टमा क्वारेन्टायन गरेको डाइमण्ड प्रिन्सेस क्रुज पानीजहाजका यात्रुहरुसहितको संक्रमितहरुको संख्या ११ हजार १ सय नागेको छ ।

जापानमा अहिलेसम्म कोरोना भाइरसको कारणले क्रुज पानीजहाजका यात्रुहरुसहित २३७ जना पुगेको छ ।

 

फेसबुकबाट तपाइको प्रतिक्रिया