
काठमाडौं । राष्ट्रिय संगीतकर्मी संघको राहत बितरण अभियान चौबिसौ दिनपनि बाढेको छ । ।मंगलबार विभिन्न ३ समुहमा रहेर विभिन्न ठाउँमा गरि करिब ६५ जनामा राहत बितरण गरेको छ ।
संघले आज सम्ममा कलाकर्मी देखि जेष्ठ नागरिक र अपांगसम्म करिब ८७५ जनामा राहत पुगेको छ भने आजको अभियानमा केन्द्रीय अध्यक्ष राजेन्द्र कुमार कार्की बरिष्ठ उपाध्यक्ष नमराज ढुंगाना उपाध्यक्षहरु श्याम धिताल,अमृत खाती,उमा श्रेष्ठ महासचिव बिक्रम जंग शाह सचिबालय सदस्य राज कुमार हुमागाइ केन्द्रीय सदस्य लिला श्रेष्ठ ,कुसुम थापा लगाएतको सहभागीता रहेको थियो ।
सहभागी लगाएत यो अभियानमा साथ दिने केन्द्रीय समिति प्रदेशका र जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरु प्रति हार्दिक धन्यवाद र आजिबन सदस्य र सुभचिन्तक लगाएत सहयोगी मनहरुलाई संघले प्रती हार्दिक नमन गरेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया