
एजेन्सी । जर्मन बुण्डेसलिगा टूमा खेल्ने डाइनामो ड्रेसडेनका दुई खेलाडीमा कोरोना पोजिटिभ देखिएपछि पूरै टिमलाइ दुई हप्ताका लागि आइसोलेसनमा राखिएको छ । लिग सुरु हुन २ साता बाँकी रहँदा डाइनामो ड्रेसडेनका सबै खेलाडीलाई आइसोलेसनमा राखिएको हो ।
बुण्डेसलिगा र बुण्डेसलिगा टू यही मे १६ देखि फेरि सुरु हुँदैछ । कोरोना भाइरस प्रकोपपछि युरोपमा हुन लागेको यो नै पहिलो लिग हो । क्लबले अबको १४ दिन प्रशिक्षण गर्न नसकिने र खेल्न नसकिने जनाएको छ ।
बुण्डेसलिगा टूको अंक तालिकाको पुछारमा रहेको ड्रेसडेनले सुरुवाती खेल खेल्न नसक्ने भएको छ । ड्रेसडेनले १७ मेमा ह्यानओभर ९६ सँग खेल्ने तालिका छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया