गर्भवती र सुत्केरीलाई नियमित सेवा दिन अस्पताललाई मन्त्रालयको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्भवती र सुत्केरीलाई नियमित सेवा दिन अस्पताललाई निर्देशन दिएको छ। प्रसूति सेवा भएका अस्पताललाई गर्भवती र सुत्केरीलाई नियमित सेवा दिन मन्त्रालयले निर्देशन दिएको छ । मंगलबार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डा। विकास देवकोटाले यस्तो निर्देशन दिएका हुन् ।

‘गर्भवती र सुत्केरीको स्वास्थ्य सेवा अवरुद्ध भएको र उहाँहरुलाई सेवा लिन असहज भएका समाचार आएका छन् । त्यसलाई सहज बनाउन सबै अस्पतालले सुत्केरी र गर्भवती सेवालाई नियमित गर्न आह्वान गर्न चाहन्छौँ’, प्रवक्ता देवकोटाले भने, ‘यो सेवाबाट कोही बन्चित हुनु हुँदैन । यो सधै इमर्जेन्सी हुन्छ । मन्त्रालयले नेपाल एम्बुलेन्स सर्भिसलाई गर्भवती र सुत्केरीलाई सेवा दिन अनुरोध गरेको छ ।

मन्त्रालयले उपत्यकामा १०२ मा फोन गरेर गर्भवती र सुत्केरीको सेवाका लागि एम्बुलेन्स सेवा दिन एम्बुलेन्स सर्भिसलाई अनुरोध गरेको प्रवक्ता देवकोटाले जानकारी दिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया