
लामो समयदेखि रोकिएको रातो मछिन्द्रनाथ रथयात्राको आज क्षमा पूजा भएको छ ।
कोरोना भाइरस संक्रमणको जोखिमका कारण लामो समयदेखि रोकिएको मछिन्द्रनाथ रथयात्राको आज क्षमा पूजा ९ बजेर ३० मिनेटमा गरिएको हो । ४ महिना लामो लकडाउन र भदौ ३ गतेबाट जारी निषेधाज्ञाका कारण रथयात्रा हुन सकेको छैन ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिमका कारण भिडभाड नगर्न सरकारले आग्रह गर्दै आएको छ ।
संक्रमणको जोखिम बढेसँगै स्थानीय प्रशासनको आग्रहमा रथयात्रा नित्य पूजा गरेर सम्पन्न गर्ने निष्कर्षमा सरोकारवालाहरू पुगेका हुन् । रथयात्रा हुनुपर्छ भनेर माग गरिहरहेका स्थानीय र प्रहरीबीच बिहीबार भएको झडपपछि सरोकारवालाहरुको बैठक बसेका थियो । बैठकले आज क्षमा पूजा, भाद्र २१ गते सोह्रखुट्टेपाटीसम्म रथ तान्ने र छ्वयलाबु गर्ने र २२ गते भुज्याय् मनाउने साइत हेर्ने निर्णय गरेको छ ।
!
फेसबुकबाट तपाइको प्रतिक्रिया