
काठमाडौँ । लोक दोहोरी गायक तथा मोडल दुर्गा बिरहीको “सुन्तली रत्यौली” बोलको गीत सार्वजनिक भएको छ ।
गीतमा गायीका प्रिती आले र दुर्गा बिरहीको स्वर रहेको छ। शब्द तथा संगीत पनि गायक बिरहीकै रहेको छ । झलक संगीतको संगीत संयोजन रहेको उक्त गीतको छायांकन प्रकाश खड्काले गरेका छन् । शिशिर बुढाथोकीले निर्देशन गरेको भिडियो सम्पादन राजकुमार मगरले गरेका छन् ।
भिडियोमा चर्चित गायीका टिका सानु लगायत दुर्गा बिरही ,सम्झना ठोकर ,सरिश्मा मगर ,बिन्दास ढकाल ,अनि हाँस्य कलाकार हेमराज अधिकारी ,शक्हिना श्रेष्ठ लगायत धेरै कलाकारहरुको अभिनय रहेको छ । गीतको भिडियोलाई आत्मा विश्वास फिल्म्स्को अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया