जापानभर शनिवार एकैदिन ६८१ जनामा कोरोना संक्रमण पुष्टि

टोकियो । जापानमा कोरोनाभाइरस संक्रमण कुल संख्या ८८ हजार ९४८ पुगेको छ । अक्टोबर ११ तारिख आईतबार टोकियोमा २४९ जनामा कोरोना संक्रमण पुष्टि भएको एनएचकेले उल्लेख गरेको छ ।
यो संगै अहिलेसम्म टोकियोमा २७,५६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । टोकियोमा संक्रमित मध्ये ४२१ जनाको निधन भएको छ ।
हालसम्म जापानमा संक्रमित मध्ये ९० प्रतिशत अर्थात ८१,३५६ निको भएका छन् । जापानमा १६२६ जनाको निधन भएको छ । आज शनिवारसम्म जापानभर ६८१ जनामा कोरोना संक्रमण भएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: