
टोकियो । विगत एकदशक बढी लामो समयदेखि जापानमा रहेर पनि नेपाली गीत संगीतमा जीवन्त सृजना पस्किने सर्जक नारायण कँडेलले नयाँ गीत बजारमा रिलिज भएको छ । सोमबार रिलिज ‘आफ्नोपन’ बोलको गीतमा लोकप्रिय गायक युवराज आचार्य र पछिल्लो समयकी उदाउँदो गायिका सुनिता बुढाको सुमधुर आवाज रहेको छ।
गीतमा अर्का लोकप्रिय सर्जक शिव सुवेदीको संगीत रहेको छ । गीतमा सर्जक कँडेलकै शब्द रहेको छ। संख्यात्मक भन्दापनि गुणात्मक सृजनामा विशेष प्राथमिकता दिने सर्जक कंडेलले यस गीतमा पनि फरकपन दिने प्रयास गरेका छन् । प्रेमिल प्रेम सम्बन्धमा रहेको एक प्रेम जोडीको, प्रेम वियोगपछिको कारुणिक कहानीलाई उत्कृष्ट शैलीमा सर्जक कंडेलले गीतमा उतारेका छन् । गीतमा समावेश शब्दहरु मर्मस्पर्शी छन्। गीतको संगीत पनि त्यतिकै मन छुने छ। युवराज र सुनिताको गायिकी त झन गीतमा उत्कृष्ट छ ।
गीतको सुरुदेखि अन्तिमसम्मका शब्दहरूले प्रेम वियोगमा रहेका जोकोहीको मन रुवाउने गर्छन् । यो गीत सुनिरहँदा प्रेम वियोगको पीडा सवैलाई बोध हुने गर्छ ।
भिडियोका निर्देशक विनोद भण्डारी हुन् । भिडियोको परिकल्पना पनि विनोदकै हो । करण चैसीरले भिडियोलाई आकर्षक फ्रेममा खिचेका छन् । भिडियोलाई बिकास ज्ञवालीले सम्पादन गरेका हुन् । गीतको भिडियो शिव सुवेदीको अफिसियल युटुब च्यानलबाट रिलिज गरिएको हो।
फेसबुकबाट तपाइको प्रतिक्रिया