
काठमाडौँ : भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले काठमाडौँ चक्रपथ विस्तारको क्रममा विश्व सम्पदा क्षेत्रभित्रका बुद्धको मूर्ति, स्तूपा नहटाइने बताउनुभएको छ । स्वयम्भू विश्व सम्पदा क्षेत्र बचाऔँ अभियानको ज्ञापनपत्र बुझ्दै मन्त्री नेम्वाङले सम्पदाको संरक्षण गरिने बताउनुभएको हो ।
उहाँले सडक विस्तारको क्रममा कम्तीमा पनि स्वयम्भू क्षेत्रमा रहेको भगवन् बुद्धको हजार मूर्ति स्तूपा जोगाउनुपर्छ भन्ने बुझाइ प्रष्ट भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो आवश्यक डिजाइन, सडक निर्माणको मापदण्ड, पुरातत्व विभाग र युनेस्कोको प्रावधानका परिधिमा रहेर हजार मूर्तिको स्तुपा जोगाउनुपर्छ भन्ने प्रष्ट भएको छ ।”
प्राविधिक रुपमा सम्भव भएसम्म स्वयम्भू क्षेत्रका अरु पनि सम्पदा जोगाइने मन्त्री नेम्वाङले बताउनुभयो । सरकार विभिन्न समुदायको संस्कृति संरक्षणमा मात्र नभएर नयाँ चरणमा विकास गर्न लागि परेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “नयाँ संविधानबाट बनेको यो सरकार नयाँ मुलुक निर्माणमा अघि बढेको छ र सरकारले स्वभावले मुलुुकका चौतर्फी विकास गर्न चाहन्छ ।”
मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले स्वयम्भू जस्ता सम्पदा सरकारले नै विश्व सम्पदा सूचीमा सूचीकृत गराएकाले त्यसको संरक्षण पनि सरकारको नै जिम्मेवारी भएको बताउनुभयो । स्वयम्भू विश्व सम्पदा क्षेत्र बचाऔँ अभियानका संयोजक नुर्बु शेर्पाले आफ्नो अभियानमा सरकार सकारात्मक भएको भन्दै विकासको काम पनि नरोकिने र सम्पदा पनि जोगाउने पक्षमा जानुपर्ने बताउनुभयो ।
कार्यक्रममा पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम, संविधानसभाका सभासद पासाङ शेर्पा र सडक विभागका महानिर्देशक केशवकुमार शर्माले पनि सम्पदाको संरक्षण गर्दै विकासलाई अघि बढाउने कुरामा जोड दिनुभयो । काठमाडौँ चक्रपथ पहिलो चरणमा कोटेश्वर–कलङ्की विस्तार गरेको चीन सरकारले नै दोस्रो खण्ड विस्तारको तयारी अघि बढाएको छ । सडक विस्तारका लागि ११ दशमलव ६ किमी लम्बाइको कलङ्कीदेखि धोविखोला सडक निर्माणस्थल खाली गर्नै काम अन्तिम चरणमा पुगेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले काठमाडौँ चक्रपथ विस्तारको क्रममा विश्व सम्पदा क्षेत्रभित्रका बुद्धको मूर्ति, स्तूपा नहटाइने बताउनुभएको छ । स्वयम्भू विश्व सम्पदा क्षेत्र बचाऔँ अभियानको ज्ञापनपत्र बुझ्दै मन्त्री नेम्वाङले सम्पदाको संरक्षण गरिने बताउनुभएको हो ।
उहाँले सडक विस्तारको क्रममा कम्तीमा पनि स्वयम्भू क्षेत्रमा रहेको भगवन् बुद्धको हजार मूर्ति स्तूपा जोगाउनुपर्छ भन्ने बुझाइ प्रष्ट भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो आवश्यक डिजाइन, सडक निर्माणको मापदण्ड, पुरातत्व विभाग र युनेस्कोको प्रावधानका परिधिमा रहेर हजार मूर्तिको स्तुपा जोगाउनुपर्छ भन्ने प्रष्ट भएको छ ।”
प्राविधिक रुपमा सम्भव भएसम्म स्वयम्भू क्षेत्रका अरु पनि सम्पदा जोगाइने मन्त्री नेम्वाङले बताउनुभयो । सरकार विभिन्न समुदायको संस्कृति संरक्षणमा मात्र नभएर नयाँ चरणमा विकास गर्न लागि परेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “नयाँ संविधानबाट बनेको यो सरकार नयाँ मुलुक निर्माणमा अघि बढेको छ र सरकारले स्वभावले मुलुुकका चौतर्फी विकास गर्न चाहन्छ ।”
मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले स्वयम्भू जस्ता सम्पदा सरकारले नै विश्व सम्पदा सूचीमा सूचीकृत गराएकाले त्यसको संरक्षण पनि सरकारको नै जिम्मेवारी भएको बताउनुभयो । स्वयम्भू विश्व सम्पदा क्षेत्र बचाऔँ अभियानका संयोजक नुर्बु शेर्पाले आफ्नो अभियानमा सरकार सकारात्मक भएको भन्दै विकासको काम पनि नरोकिने र सम्पदा पनि जोगाउने पक्षमा जानुपर्ने बताउनुभयो ।
कार्यक्रममा पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम, संविधानसभाका सभासद पासाङ शेर्पा र सडक विभागका महानिर्देशक केशवकुमार शर्माले पनि सम्पदाको संरक्षण गर्दै विकासलाई अघि बढाउने कुरामा जोड दिनुभयो । काठमाडौँ चक्रपथ पहिलो चरणमा कोटेश्वर–कलङ्की विस्तार गरेको चीन सरकारले नै दोस्रो खण्ड विस्तारको तयारी अघि बढाएको छ । सडक विस्तारका लागि ११ दशमलव ६ किमी लम्बाइको कलङ्कीदेखि धोविखोला सडक निर्माणस्थल खाली गर्नै काम अन्तिम चरणमा पुगेको छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया