
जापान । जापानलाई कर्मथलो बनाएर ब्यवसायी गर्दै आउनु भएका सर्जक चन्द्र खत्रीको नयाँ गीत “गौथली” सार्वजनिक भएको छ । शिरमा शिरबन्दी, सुन कथा, माया सलल, गयौ सानु गयौं बिहे गरी, चर्कियो दिलको घाउ लगाएत दर्जनौं गीतका सर्जक खत्रीको नयाँ गीत “गौथली” बजारमा आएको हो ।
बाग्लुङ जिल्ला गल्कोट नगरपालिकमा जन्म भइ लामो समय देखी जापानमा ब्यबासायी रूपमा स्थापित खत्री सकृय सामाजिक व्यक्तित्वको रूपमा समेत परिचित छन भने राष्ट्रीय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश तथा जापान शाखाका सल्लाहकार हुन ।
नयाँ गीत “गौथली” मा मौसम गुरुङ र सुनिता बुढा छेत्री सुमधुर आवाज रहेको छ । सह गायनमा बिमल परियार, सबिन गुरुङ, रुपी सिन्जाली मगर र प्रेम राना मगरको रहेको छ ।
लय र शब्द उनै परिचित चन्द्र खत्रीको रहेको छ । संगीत संयोजन सागर बिरहीको रहेको छ । उक्त गीतमा दुर्गेश थापा र रियाशा दाहालको उत्कृष्ट अभिनय रहेको छ ।
नवराज उप्रेतीको छायांकन, सहायक कोरियोग्राफर अमर सुनार, बिष्णु शर्माको सम्पादन, प्रकाश भट्टको निर्देशन तथा कोरियोग्राफरमा तयार परिएको छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया