रामेछापमा २४औं वीरता स्मृति दिवस मनाईयो,बेथानको योगदान महत्वपूर्ण

रामेछाप । नेकपा प्रचण्ड–नेपाल समुहले सुनापती गाउँपालिका–४ बेथानमा २४औं वीरता स्मृति दिवस मनाएको छ । वीरता दिवसको अवसरमा बेथानको चौकी आक्रमण गर्ने क्रममा शहीद हुनुभएका तीन जना शहीदको अर्धकदको शालिक समेत अनावण गरिएको छ ।

२०५३ साल पुस १९ गते तत्कालिन नेकपा माओवादीले जनयुद्धको क्रममा बेथानको प्रहरी चौकी कब्जा गरेको थियो । प्रहरी चौकी कब्जा गर्ने क्रममा तीर्थ गौतम, फत्त बहादुर स्लामी र दिलमाया बम्जनको शहादत प्राप्त गरेका थिए ।

कार्यक्रममा नेकपाका बागमती प्रदेश कमिटीका अध्यक्ष नारायण दाहाल,नेकपाका नेता गंगा कार्की, नेकपाका जिल्ला इन्चार्ज देवशकंर पौडेल, नेकपा रामेछापका सह–इन्चार्ज श्याम कुमार श्रेष्ठ, प्रवास समन्वय कमिटीका अध्यक्ष एवं नेकपाका केन्द्रीय सदस्य युवराज चौलागाई लगाएत कार्यक्रममा नेकपा रामेछापका अध्यक्ष मैन कुमार मोक्तान,सचिव शान्ति पौडेल, नेकपाका नेता टंकलाल घिसिङ, सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामा, दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तान लगायतको सहभागीता रहेको थियो ।

उक्त कार्यक्रममा नेताहरुले नेपालको परिवर्तनमा बेथानको योगदान महत्वपूर्ण रहेको बताएका थिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया