
विश्वमा कोरोना भाइरस संक्रमितको संख्याको १० करोड ४९ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ४ लाख ८७ हजार २ सय भन्दाबढी संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या १० करोड ४९ लाख १ हजार ७४१ जना पुगेको छ ।
यस्तै, हालसम्म २२ लाख ७८ हजार ४४० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १४ हजार २ सय जनाको मृत्यु भएको छ । संक्रमितमध्ये हालसम्म ७ करोड ६६ लाख २९ हजार ४४० जना संक्रमणमुक्त भएका छन् ।
संक्रमितमध्ये २ करोड ५८ लाख ४९ हजार ८३६ जनामा सक्रिय संक्रमण छ भने १ लाख ६ हजार भन्दाबढीको अवस्था गम्भीर छ ।सबैभन्दा बढी संक्रमण फैलिएको अमेरिकामा संक्रमित संख्या २ करोड ७१ लाख ५० हजार ४५७ पुगेको छ। अहिलेसम्म अमेरिकामा ४ लाख ६१ हजार ९०२ जना संक्रमितको मृत्यु भएको छ । संक्रमितमध्ये १ करोड ६९ लाख ६ हजार ७७८ जना निको भएका छन्
यसैगरी,भारतमा संक्रमितको संख्या एक करोड सात लाख ९१ हजार १२३ पुगेको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ५४ हजार ७ सय ४२ पुगेको छ।
फेसबुकबाट तपाइको प्रतिक्रिया