बसन्तपुरमा होलीको चीर ठड्याइयो, विधिवतरुपमा फागु पर्व सुरुआत

काठमाडौं । बसन्तपुरमा होलीको चीर ठड्याइएको छ । वसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ आज आईतवार बिहान ८ बजेतिर तीन छत्रे होलीको चीर ठड्याइएको हो ।

होलीको चीर ठड्याइँएसँगै आजदेखि देशभर विधिवतरुपमा होली अर्थात फागु पर्व सुरुआत भएको छ ।
चन्द्रमास अन्तर्गत् फाल्गुन महिनाको पूर्णिमाको दिन मनाइने होली पहाडमा चैत १५ गते र तराई भेगमा चैत १६ गते मनाइँदैछ ।

होलिकाको दहन र र कृष्ण लीलासँग सम्बन्धित यो पर्व विधिवत सुरु भएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया