चैत्र २८ गते रंगशालामा ‘कोभिड कप २०२१’ आयोजना हुँदै

काठमाडौं । जिल्ला सहकारी संस्था लिमिटेड काठमाडौं र मिडिया हेराल्ड प्रालिको आयोजना दशरथ रंगशालामा सरकारी प्रतिनिधि, कलाकार, व्यवसायी बिच फुटबलको भिडन्त हुने भएको छ ।
‘कोभिड कप २०२१’ नामावली दिएको फुटबल भिडन्त चैत्र २८ गते हुने भएको हो । पछिल्लो समय कोभिडका अस्तव्यस्त भइरहेको व्यवसाय ,चलचित्र क्षेत्र ,सरकारी प्रतिनिधि लगायत अन्य क्षेत्र जागरूक गराउने उद्दस्यका साथ मैत्रीपूर्ण खेल आयोजना गर्न लागिएको हो ।
६४ औं सहकारी दिवसको अवसरमा कोभिडले थलिएका हामी अब उठ्नु छु भन्ने नाराका साथ खेलमा सरकारी प्रतिनिधि, चलचित्र कलाकार, हास्य कलाकार, लोक तथा आधुनिक गायक तथा संगीतकार हरू ,नेपाल क्रिकेट संघ, बैंक तथा वित्तीय परिसंघ, सहकारी अभियान, लायन्स क्लब लगायतका टोलीले समेत खेल्लमा सहभागिता जनाएका छन् ।
कार्यक्रममा विभिन्न ख्याति प्राप्त कलाकारहरूबाट मनोरञ्जनात्मक कार्यक्रमहरू समेत समावेश गरिने बताइएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया