
काठमाडौं । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले भारतसँग जोडिएका नाका बन्द गर्न सरकारसमक्ष सिफारिस गरेको छ ।
नाका खुल्ला रहँदा नेपालमा संक्रमणको जोखिम बढेको भन्दै सीसीएमसीले भारतसंग जोडिएका २२ वटा नाका बन्द गर्नका लागि सिफारिस गरेको हो ।
आज बसेको सीसीएमसीको बैठकले भारतसँगको नाका बन्द, बैठकले बैंक तथा वित्तिय संस्थाहरुले एक चौंथाइ कर्मचारी मात्रै राखेर सञ्चालन गर्न दिने निर्णय पनि गरेको छ ।
साथै, निर्माण कार्यका हकमा कामदारहरुलाई निर्माणस्थलमै राखेर बाहिर आउजाउ गर्न नपाउने गरी काम गर्न दिन प्रस्ताव गरिएको छ । यस्तै देशका एक चौथाइ शहरहरुमा ‘लकडाउन’ गर्ने सीसीएमसीले प्रस्ताव गरेको छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया