साहित्य महासंघ जापान शाखाको मुखपत्र “अक्षरा” भर्चुअल मार्फत विमोचन हुने

टोकियो । विश्व नेपाली साहित्य महासंघ जापान शाखाको मुखपत्र “अक्षरा” जुम भर्चुअलमार्फत विमोचन हुने भएको छ । कोरोना महामारीलाई मध्ये नजर गरि विश्व नेपाली साहित्य महासंघ जापान शाखाले मुखपत्र “अक्षरा” तथा रचना बाचन कार्यक्रम जुम भर्चुअलबाट गर्न लागेको हो ।
पुस्तक विमोचन तथा रचना वाचन कार्यक्रम यहि अप्रिल १६ तारिख आइतबार गर्ने संस्थाका महासचिव रवीन्द्र दिखुक्पाले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा प्रज्ञा प्रतिष्ठान नेपालका कुलपति गङ्गाप्रसाद उप्रेती प्रमुख अतिथि, जापानका लागि नेपाली राजदुत प्रतिभा राणा विशिष्ट अतिथि , विनेसामको केन्द्रीय सल्लाहकार विश्वासदिप तिगेला विशिष्ट अतिथि , विनेसामका केन्द्रीय सल्लाहकारप्रा डा भिम खतिवडा विशिष्ट अतिथि तथा समिक्षक,विनेसाम, केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बू विशेष अतिथि
र अनेसास केन्द्रीय कार्यसमितिको अध्यक्ष प्रकाश पौडेल माइला विशेष अतिथिको रुपमा उपस्थिति रहने संस्थाका अध्यक्ष देबी इग्नाम लिम्बूले जानकारी दिनुभयो ।

विश्वभरका साहित्यकारहरु एकजुट होऔं, नेपाली साहित्यलाई समृद्ध बनाऔं भन्ने नारासहित हुने लागेको कार्यक्रममा सहभागिताको लागि सबैलाई अपिल गरेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया