मुलुकभर ८ हजार ६३६ जना नयाँ कोरोना संक्रमित थपिए, १६९ को मृत्यु

काठमाडौं। नेपालमा पछिल्लो समय दिनप्रति दिन कोरोना संक्रमितहरू तीब्र रुपमा बढिरहेका छन्। मुलुकभर पछिल्लो २४ घण्टामा ८ हजार ६३६ जना नयाँ कोरोना संक्रमित फेला परेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभर २२ हजार ९३६ जनाको पीसीआर–एन्टिजेन परीक्षण ८ हजार ६३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । २२ हजार ३०६ जनाको आरटी–पीसीआर परीक्षण गर्दा ८ हजार ३८७ र ६ सय ३० जनाको एन्टिजेन परीक्षण गर्दा २ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा मुलुकभर ८ हजार ३६३ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ५ लाख २८ हजार ८४८ पुगेको छ ।
यसै गरी पछिल्लो २४ घण्टामा थप १ सय ६९ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार ७०० पुगेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया