
काठमाडौँ। निर्देशक निश्चल बस्नेतले गैह्र जिम्मेवार नेतृत्वको बिग्रेको व्यवस्थाको शिकार हुन्छौँ भन्ने डर लाग्ने बताएका छन् । उनले कलाकार आदर्श मिश्राका कम डायलसिस दिएकै कारण मंगलबार आफ्ना पितालाई गुमाको विषयमा बोल्दै सो बताएका हुन् ।सामाजिक सञ्जालका स्टाटस लेख्दै उनले कोभिड मात्र हैन अरु रोग पनि छ भन्ने कुरा हेल्थ सिस्टमले पहिले नै वुझेको भए सहानुभुतीको आवश्यकता नपर्ने बताउदै नेतृत्वमाथि आक्रोश पोखेका छन् ।
उनले लेखेका छन्,“सायद आदर्शले भनेको कुरा हामीले पनि सुन्नुपर्ने ठाउमा पुराउन सकेको भए । हामीले केही नगर्नु र अस्पताल प्रशासनले केही नगर्नुमा धेरै फरक पर्छ , डायलसिस टाइममा गर्न नसक्नु भनेको , चाहिने समयभन्दा थोरै गर्नु भनेको बिरामीको ज्यानको माया मार्नु सरह हो । मेरो घरमा पनि डायलसिसको बिरामी हुनुहुन्छ , कति कठिन हुन्छ थाहा छ मलाइ । शायद त्यो बिग्रेको मेसिन टाइममै बनाउने प्रसासन भएको भए, सायद मिडियाले राजनीतिको समाचार मात्र सम्प्रेशन नगरेर यस्तो बिषयलाइ पनि प्राथमिकता दिएको भए , सायद कोभिड मात्र हैन अरु रोग पनि छ जस्ले अफ्ट्यारो पारिरहेछ भन्ने हाम्रो हेल्थ सिस्टमले पहिले बुझेको भए आज उसलाइ सहानुभुतीको आवश्यकता पर्ने थिएन होला। अभिभावक गुमाउनुको पीडा म सम्झिन पनि सक्दिन, उसले भोगिरहेछ। हाम्रो गैर जिम्मेवार नेत्तृत्वको बिग्रेको सिस्टमको कारण कैयौं यस्ता घटना घटिरहेछन्। डर लाग्छ हामी पनि कहिले यही सिस्टमको सिकार हुन्छौं भनेर ।”
फेसबुकबाट तपाइको प्रतिक्रिया