पटक पटकको संसद विघटन संसदीय शासन प्रणालीमाथि प्रहारः सभामुख

काठमाडौं । सभामुख अग्नि सापकोटाले संविधानसभामार्फत् जनताका प्रतिनिधिले बनाएको संविधानको कार्यान्वयनको क्रममा प्रतिनिधिसभामाथिको पटक पटकको हमलाले संसद र संसदीय शासन प्रणालीमाथि नै प्रहारको आशंका उत्पन्न भएको बताएका छन् ।

संसद दिवस २०७८ का अवसरमा बुधबार शुभकामना सन्देश जारी गरी सभामुख सापकोटाले मौलिक ढंगले संसदीय परिपाटीको सञ्चालन गर्दै संसदलाई जीवन्त र जनमुखी बनाई लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरण गरी लोकतन्त्रको लाभलाई जनस्तरसम्म पुर्याउनु आजको आवश्यकता भएको बताएका हुन् ।

उनले संघ, प्रदेश र स्थानीय तहमा संसदीय अभ्यासलाई प्रभावकारी बनाउने दिशामा अघि बढ्दा मात्रै अनगिन्ती संघर्ष र आन्दोलनका बलमा निर्मित संविधान अनुुरुप राज्य पुनर्संरचना र संघीय शासन प्रणालीको कार्यान्वयनमा बल पुग्ने उल्लेख गरेका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया