
जापान । गायिका टीका शर्मा ‘कोपिला’ले जापानबाट आफ्नो पहिलो तीज गीत ‘माइतिकै हेला ’ सार्वजनिक गरेकी छन् ।
गीतमा टिका शर्माको शब्द र लोकप्रिय सर्जक तथा गायक सूर्य खड्काको सङ्गीत र थेगो रहेको छ भने छायाँकन र निर्देशन गोविन्द बिष्टले गर्नु भएको छ ।
गीतमा माईतीबाट हेला भएकी चेलीको कथालाई देखाईएको छ। टिका शर्मा ‘कोपिला’ को मुख्य अभिनय रहेको भिडियोमा रुप शर्मा, मुना लम्साल, दर्सना गिरि, प्रतीमा आचार्य, आरती आचार्य र रमा सापकोटाले साथ दिनु भएको छ ।
बाग्लुङमा जन्मिएर चितवनलाई उच्च शिक्षा र कर्मथलो बनाएकी उनी हाल रोजगारीका क्रममा योकोहामा जापानमा रहेकी छन् । सानै देखि स्कूल तथा एफएम रेडियोमा गीत गाउने गरेकी उनले स्थानीय तथा राष्ट्रीय प्रतियोगिताहरुमा पुरस्कार तथा अवार्ड पुरस्कार समेत जितेकी छन् ।
परदेशमा रहे पनि आफ्नो देश र सँस्कृतिको मायाले झन् सताउने गरेकाले मौलिक गीत गाउन चाहना बढेको उनले बताइन्।
‘यस गीतले जनचेतना जगाउन पनि महत्त्वपूर्ण भूमिका खेल्ने कुरामा बिस्वस्त छु’ सङ्गीतकार सूर्य खड्काले भने ।
गीतलाई जीएमएस म्यूजिक एण्ड फिल्म च्यानलबाट सार्वजनिक गरिएको छ ।
पुरा भिडियो यहाँ
फेसबुकबाट तपाइको प्रतिक्रिया