
जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान राष्ट्रिय समन्व्यन परिषद्को २०२१(२३ कार्यकालको लागि उपाध्यक्षमा बिकास बस्नेतले उम्मेदवारी घोषणा गर्नुभएको छ।
बस्नेतले “संस्था प्रतिको पदिय जिम्मेवारी, अनुशासन, मर्यादा, दायित्व र सामाजिक एकता आजको आवश्यकता “ भन्ने नारालाई आत्मसाथ गर्दै व्यवहारमा उतार्नुपर्छ भन्ने विचारका साथ यस अभियानमा लाग्दै आईरहेको बताउनुभयो ।
वर्तमान कार्यसमितिमा क्षेत्रिय सचिबको जिम्मेवारीमा रहनुभएका बस्नेत करिव दुई दशक लामो जापान बसाईको अन्तरालमा विभिन्न क्लब, संघ सस्थामा सेवा गर्दै एनआरएनएमा आवद्धता जनाउने क्रममा कार्यकाल २०१७-०१९ मा एनआरएनए जापान तोचिगिको क्षेत्रिय संयोजक भई ईमान्दारिताका साथ आफ्नो दायित्व र कर्तव्य निर्वाह गरेको बताए ।
आगामी दिनहरुमा पनि काँधमा आएको जिम्मेवारीलाई कुशलतापूर्वक वहन गर्दै अझै चुस्त दुरूस्त रूपमा सामाजिक सेवामा लाग्ने वाचा सहित उपाध्यक्षका रुपमा पदिय जिम्मेवारी वहन गर्न सक्ने अनुभव र आत्मविश्वासका साथ आधिकारिक घोषणा गरेको बताएका हुन ।
बस्नेतका अनुसार “मलाई आशा र विश्वास छ, तपाईंहरुबाट पाउँदै आएको माया, साथ र समर्थनले म यो जिम्मेवारी पाउनेछु र यो पनि विश्वास दिलाउन चान्छु कि एनआरएनए जापानको उपाध्यक्ष पदमा रहेर जापानवासी नेपालीको हरेक समस्यामा हातेमालो गर्दै वृहत्तर हित, संस्थागत विकास तथा नेपाल र जापानको सुमधुर सम्वन्ध विस्तारका लागि मन बचन र कर्मले पवित्र भाव सहित लागि पर्ने घोषणा गरेका छन ।
फेसबुकबाट तपाइको प्रतिक्रिया