प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त, सपथ ग्रहण सम्पन्न

विराटनगर । नेकपा(एमाले)मा लामो विवाद र केन्द्रमा एकता कायम भएसँगै प्रदेश १ को नयाँ मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त भएका छन् ।

बिहीबार शेरधन राईको राजीनामा स्वीकृत गरेसँगै प्रदेश प्रमुख सोमनाथ अधिकारीले भीम आचार्यलाई नयाँ मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
प्रदेश १ को मुख्यमन्त्री परिवर्तन भएको हो ।

आचार्यले पथ तथा गोपनियताको सपथसमेत लिएका छन् । आजै निवर्तमान मुख्यमन्त्री शेरधन राईको प्रस्तावमा आचार्य सर्वसम्मतरूपमा दलको नेता चयन भएका थिए ।

आचार्यलाई मुख्यमन्त्री र संसदीय दलको नेता बनाउँदा प्रदेशभरका वहुसंख्यक माधवपक्षीय सदस्यहरु एमालेमै बस्ने र सरकारको नेतृत्व पनि एमालेमै रहने बुझाइका साथ राईले पदबाट राजीनामा दिई लचकता देखाएका हुन् ।
आचार्य यसअघि माधव नेपाल गुटमा थिए । नेपालले पार्टी फुटाएपछि उनको साथ छोड्नेहरूको समूहमा उनी पनि थिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया