एमालेको विधान महाधिवेशन शुरू, देशभरबाट ६ हजार बढी प्रतिनिधि सहभागिता

ललितपुर । नेकपा एमालेको विधान महाधिवेशन शुरू भएको छ । शुक्रबारबाट गोदावरीस्थित नवनिर्मित सनराइज सम्मेलन केन्द्रमा शुरू भएको महाधिवेशनको उद्घाटन अध्यक्ष केपी केपी शर्मा ओलीले गरेका छन् ।
महाधिवेशनको बन्द सत्रमा केन्द्रीय कमिटीको तर्फबाट अध्यक्ष ओलीबाट राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलबाट संगठनात्मक प्रस्ताव र उपमहासचिव एवं संगठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलबाट विधान संशोधन प्रस्ताव प्रस्तुत गरिने जनाइएको छ ।

एमालेमा २२५ सदस्यीय केन्द्रीय कमिटीको प्रस्ताव गरिएको छ । विधान महाधिवेशनमा अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, सचिव ६ जनाको प्रस्ताव गरिएको छ । उपमहासचिवको व्यवस्था भने हटाउने प्रस्ताव गरिएको छ ।
शनिवार समूहगत रुपमा छलफल गरी आवश्यक सुझावसहित ती प्रतिवेदनहरू पारित हुनेछ । असोज १७ गतेसम्म चल्ने महाधिवेशनमा देशभरका ६ हजार बढी प्रतिनिधिको सहभागिता छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया