नयाँवर्ष बिशेष अवसरमा सांगितिक तथा संयुक्त रचना वाचन कार्यक्रम हुँदै

जापान । अङ्ग्रेजी नयाँ वर्ष २०२२ को स्वागत गर्न टोकियोमा साङगीतिक तथा संयुक्त रचना वाचन कार्यक्रम गर्ने भएको छ । साकुरा एशियन अनलाइन टेलिभिजन र साहित्यिक चौतारी नेपाल जापान शाखाको संयुक्त आयोजनामा यहि आउँदो जनवरी २ तारिख आइतबारका दिन “नववर्ष बिशेष साङ्गीतिक तथा संयुक्त रचना वाचन कार्यक्रम गर्न लागिएको हो ।
जापानलाई कर्मभूमि बनाएर विभिन्न पेशा, व्यवसाय तथा अध्ययन अनुसन्धान एवं कर्म गरेर बचेका र बचाएका बाँकी समयमा नेपाली भाषा, साहित्य र पत्रकारीताको क्षेत्र मार्फत घरदेशसंग जोडिने माध्यमका रुपमा हामीले बुझेका छौँ । यो हाम्रो पहिलो र विल्कुलै नयाँ सहकार्य हो । “यो यस्तो प्लेटफर्म हो जहाँ जो कोही पनि आउन सक्छ अटाउन सक्छ र साहित्यमा रमाउन सक्छ” आयोजकले बताएको छ ।

संभवत जापानको परिवेसमा गर्न लागिएको यो एउटा पृथक कार्यक्रम पनि हो । जहाँ गजल पाराखीहरुका लागि गजलकार अमरदेव बास्तोला, काव्य सुधा तर्फ जापानको पहरामा सिर्जनशिल हातहरूले संसारकै ठूलो गौतम बुद्धको मूर्ति खोप्दै कला र साहित्य मार्फत् नेपालीको शिर उँचो पार्दै गर्नुभएका सिल्पकार एवं कवि मन्जुल मितेरी, नारी सर्जक एवं कवियत्री सयपत्री थुलुङ, गीत संगीतका पाराखीहरुका लागि गायक कर्म दोङ तामाङ, गायिका शर्मिला तामाङ, गायक सविनबावु मगर र गायिका सीता पुनको प्रस्तुति रहनेछ ।

साथै कार्यक्रमको रौनकता र रोचक प्रसङ्ग तर्फ नेपालको संस्कृति र कला प्रदर्शन गर्ने, मगर समुदायको कौडा नृत्य, तामाङ समुदायको सेलो नृत्य र किराँत राई समुदायको साकेला नृत्यको साथमा मनोरन्जन लिन पनि सक्नुहुनेछ ।

करिब दुई बर्षको कोरोना कहर छिचोलेर थोरै मात्र सहज बनेको परिवेशमा यस कार्यक्रमले सम्पूर्ण जापानवासी नेपाली जनसमुदाय समक्ष नेपाली भाषा, साहित्य, सङ्गीत र संस्कृति प्रति सकारात्मक सन्देश प्रदान गर्दै परदेशमा घरदेशको न्यास्रोपना मेटाउन सहयोग पुग्नेछ, आयोजक समिति आसातीत छ ।

यो तपाईँ हामी सबैको आफ्नै कार्यक्रम हो कार्यक्रममा उपस्थित भएर सबैसंग माया, सद्भाव र भातृत्व अनि शुभकामना साटासाट गर्ने जमघटको पृथक थलो पनि बन्नेछ भन्ने अपेक्षाका साथ आयोजक, साकुरा एशियन अनलाइन टेलिभिजनका संचालक तथा व्यवस्थापक, अमर लामा र साहित्यिक चौतारी नेपालका उपाध्यक्ष अमरदेव बास्तोलाद्धारा सम्पूर्णमा हार्दिक निमन्त्रणा सहित उपस्थितिका लागि अनुरोध गर्नुभएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया